काठमाडौँ – प्रभु बैँकका कर्मचारी तथा ग्राहकलाई बुद्व एयरले विशेष छुट दिने भएको छ।
प्रभु बैँकका चिफ म्यानेजर मन्जयराज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्व एयरका डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्ववलाल कायस्थले छुट सम्झौतामा हस्ताक्षर गरेका हुन्।
योसँगै प्रभुका कर्मचारी तथा ग्राहकले बुद्व एयरको सेवामा ८% छुट पाउनेछन्।
बुद्व एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको छ।
२०५४ आश्विन २५ गते बाट उडान सुरु गरेको बुद्व एयरले भारतको बनारसमा पनि सेवा विस्तार गरेको छ।
‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालय र २८६ एटीएम छन्।
६९ एक्सटेन्सन काउन्टरसमेतबाट ३१ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकले सेवा दिँदै आएको दाबी गरेको छ।
बैंकले फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्ड पनि पाएको छ।


