२०८३ कार्तिक ११ गते मङ्गलबार

प्रचण्ड-जनार्दनको द्वन्द्व सकिएको हो?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १
prachanda_janardan

काठमाडौँ- साउन २७ गते सुरु भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि विभिन्न प्रश्न गरे। आफूले पार्टी फुटाउन लागेको भनेर प्रचण्डले नै हल्ला चलाउने गरेको जनार्दनको गुनासो थियो।

प्रचण्डको नेतृत्वमा पार्टी निरन्तर साघुरिँदै गएको भन्दै जनार्दनले अध्यक्ष प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नुपर्ने गरी प्रतिवेदन पेस गरे। माओवादीमा यसरी प्रचण्डको नेतृत्वमाथि प्रश्न उठाउँदै नेतृत्व हस्तान्तरण गर्नुपर्ने भनेर आवाज उठेको पहिलो पटक हो।

शुक्रबार सकिएको पार्टीको स्थायी कमिटी बैठकले पार्टीमा कुनै विवाद र द्वन्द्व नभएको जिकिर गरेकै भोलिपल्ट शर्माले असन्तुष्टि राेखका छन्। जनार्दनलाई मत्थर गर्न प्रचण्डले सक्रियता देखाएका छन्। प्रचण्डको प्रयासका बाबजुद पनि शर्मा भने प्रचण्डका आश्वासनसँग विश्वस्त हुन सकेका छैनन्।

माओवादी बैठकले एकतापूर्ण हुने सन्देश प्रवाह गरेको जिकिर गर्न प्रचण्डले कुनै कसर बाँकी नछोडेपनि शर्माले भने पार्टीभित्रबाटै आफूले विभिन्न आरोप खेपिराख्न परिरहेको गुनासो गरिरहेका छन्।

शनिबार नेकपा माओवादी काठमाडौँ-रुकुम पश्चिम सम्पर्क समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै शर्माले अध्यक्ष प्रचण्डमाथि केही प्रश्न र केही गुनासो गरेका थिए।

आफू एमाले र कांग्रेसको मान्छे बनाइएको तर माओवादी र प्रचण्डको मान्छे नबनाइएको भन्दै उनको गुनासो थियो।

‘एमालेसँग एकता गर भन्नुभयो केपी ओलीको मान्छे भएँ। कांग्रेससँग सहकार्यको लागि वार्ता गर भन्नुभयो, म कांग्रेसको भएँ। माओवादीको हुने ठाउँ छ कि छैन अध्यक्ष कमरेड मलाई? म माओवादीको कहिले हुन्छु होला,’ प्रचण्डलाई प्रश्न गर्दै  शर्माले भनेका थिए, ‘हुन पाउनुपर्‍यो नि! माओवादी हुन पाउनुपर्दैन म? प्रचण्डको कहिले हुन्छु होला म? देउवाको केपीको मात्रै हुने भएँ, तपाईँको म हुन पाउनु पर्दैन? त्यसकारण तथ्य छाडेर भ्रम सिर्जना गरेर केही हुँदैन।’

जनार्दनले पार्टी फुटाउँदैछ भनेर प्रचण्डले हल्ला चलाए

शनिबारै प्रचण्डले जनार्दनलाई खुमलटारमा बोलाएका थिए। जनार्दनसँग भेटेर बाहिर निस्किएका प्रचण्ड पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौँ वार्षिक साधारणसभामा सहभागी हुन पुगे।

उक्त कार्यक्रममा बोल्दै प्रचण्डले स्थायी समितिको बैठकपछि जनार्दनले पार्टी फुटाउने आशङ्का हटेको जिकिर गरे। उनले अब पार्टी विभाजन नहुने बरु एकताबद्ध भएर अघि बढ्ने जिकिर गरे।

केही मानिसहरूले ‘जनार्दनले पार्टी फुटाउँदै छन्’ भनेर सुनाउँदा आफूलाई पनि के भएको भन्ने लागे पनि स्थायी समिति बैठकको अन्त्यसम्ममा सबै आशङ्का हटेर गएको प्रचण्डले बताएका थिए।

‘स्थायी समिति बैठकमा केही कमरेडले भिन्न ढङ्गले कुरा राख्नुभएको थियो। कमरेड जनार्दन शर्माले लिखित रूपमा प्रस्तुत गरेको दस्ताबेजमा फरक मत भनेर राख्नुभएको थिएन। त्यहाँ फरक मत भनेर लेखिएको पनि छैन,’ उनले भने, ‘उहाँले पनि यसलाई आफ्नो मतको रूपमा व्याख्या गर्दै अरूले मुखले भनेको तर आफूले लेखेर ल्याएको भन्नुभयो। त्यो बाहिर जाँदा तरङ्ग र आशङ्का पैदा भए। तर, स्थायी अन्त्यसम्म आइपुग्दा त्यो मुख्य रूपमा सम्बोधन गरिएको छ।’

आफूले कहिले पनि जनार्दनले पार्टी फुटाउँदैछन् भनेर नभनेको प्रचण्डको जिकिर थियो। आफूलाई विभिन्न व्यक्तिहरूले भनेको तर आफूले त्यसमा विश्वास नगरेको प्रचण्डको भनाइ थियो।

‘प्रभाकरले पार्टी फुटाउन खोजेका छन् भनेर लिडरसिपले कहिले पनि भनेको थिएन। तर विभिन्न मानिसहरूले आएर सुनाउँथे– पार्टी फुट्दै छ, फुटाउँदै छन्, विभिन्न तत्त्व मिलेका छन्। यसले यदाकदा के भयो भन्ने भएको थियो,’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘ बैठक अन्त्यसम्म जनार्दन शर्माको पार्टी फुटाउने कुनै उद्देश्य पनि छैन, नियत पनि छैन भनेर उहाँले प्रष्ट पार्नुभयो। जनार्दनले पार्टी फुटाउन खोज्यो भन्ने कसैलाई आशङ्का छ भने त्यसबाट मुक्त हुन अपिल गर्न चाहन्छु। तपाईंले लिए पनि, मैले लिए पनि त्यो निराधार हो भन्ने चाहन्छु।’

कहाँ बिग्रियो माओवादी? यस्तो छ जनार्दनको सुधार-प्रस्ताव [पूर्णपाठ]

प्रचण्डका पटकपटकका स्पष्टीकरणका बीच पनि जनार्दनले भने आफू आश्वस्त हुन नसकेको संकेत गरिरहेका छन्। विगतमा प्रचण्डले आफ्नो नेतृत्वमाथि प्रश्न उठाउनेलाई नै पार्टी विभाजन बाध्यात्मक अवस्था सिर्जना गरिदिने भएकाले पनि शर्मा प्रचण्डसँग आश्वस्त हुन नसकेका हुन्। यद्यपि प्रचण्डले शर्मालाई फकाउने र शर्माले आफूलाई चित्त नबुझेको कुरा राख्ने क्रम भने जारी नै छ। तर प्रचण्डसँग द्वन्द्व भए पार्टीमा टिक्न नसकिने कुरा बुझेका शर्माले स्वरलाई भने मत्थर गर्ने देखिएको छ।

कांग्रेस र एमालेको समीकरण बनेकोमा उनको दुखेसो पनि कार्यक्रममा व्यक्त गरेका थिए। अपारदर्शी र षडयन्त्र तरिकाले सरकार परिवर्तन गर्न मध्यरातमा सहमति गरेको आरोप लगाए। आफ्नो सरकारलाई हटाउन आफ्नो पङ्क्तिलाई पनि जानकारी नदिइकन जमर्को गरिएको उनको भनाई थियो।

‘मैले अन्तिम पटक विश्वासको मत लिँदा मैले ती सबै कुराको प्रतिवाद र व्याख्या गर्दै के गर्ने भनेर भनेको थिए। समीकरण परिवर्तन गरेर नेकपा एमालेसँग मिलेर विश्वासको मत लिँदै गर्दा एमाले नेताले नेपाली कांग्रेसका नेतालाई हाम्रो बोलचाल बन्द भयो भन्नुभयो,’ प्रचण्डले थपे, ‘तलबाट कांग्रेसका नेताले बोलचाल खोल्ने हो भनेर बोलेको कुरा प्रतिकात्मक थियो। मैले कुरा बुझेँ र मैले तपाईंहरु मिल्नुहोस् भने। तपाईंहरु मिल्नुहोस्, हामी प्रतिपक्षमा बस्छौँ भनेर भनेको थिएँ। जे भयो भयो।’ उनले भ्रष्टाचारविरुद्ध लड्दा लड्दै आफूलाई हटाएको हो भनेर जनताले बुझेको दाबी गरे।

प्रकाशित: २०८१ भदौ १ गते शनिवार ०६:३५
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना