२०८३ साउन १३ गते बुधबार

प्रचण्ड-जनार्दनको द्वन्द्व सकिएको हो?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १
prachanda_janardan

काठमाडौँ- साउन २७ गते सुरु भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि विभिन्न प्रश्न गरे। आफूले पार्टी फुटाउन लागेको भनेर प्रचण्डले नै हल्ला चलाउने गरेको जनार्दनको गुनासो थियो।

प्रचण्डको नेतृत्वमा पार्टी निरन्तर साघुरिँदै गएको भन्दै जनार्दनले अध्यक्ष प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नुपर्ने गरी प्रतिवेदन पेस गरे। माओवादीमा यसरी प्रचण्डको नेतृत्वमाथि प्रश्न उठाउँदै नेतृत्व हस्तान्तरण गर्नुपर्ने भनेर आवाज उठेको पहिलो पटक हो।

शुक्रबार सकिएको पार्टीको स्थायी कमिटी बैठकले पार्टीमा कुनै विवाद र द्वन्द्व नभएको जिकिर गरेकै भोलिपल्ट शर्माले असन्तुष्टि राेखका छन्। जनार्दनलाई मत्थर गर्न प्रचण्डले सक्रियता देखाएका छन्। प्रचण्डको प्रयासका बाबजुद पनि शर्मा भने प्रचण्डका आश्वासनसँग विश्वस्त हुन सकेका छैनन्।

माओवादी बैठकले एकतापूर्ण हुने सन्देश प्रवाह गरेको जिकिर गर्न प्रचण्डले कुनै कसर बाँकी नछोडेपनि शर्माले भने पार्टीभित्रबाटै आफूले विभिन्न आरोप खेपिराख्न परिरहेको गुनासो गरिरहेका छन्।

शनिबार नेकपा माओवादी काठमाडौँ-रुकुम पश्चिम सम्पर्क समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै शर्माले अध्यक्ष प्रचण्डमाथि केही प्रश्न र केही गुनासो गरेका थिए।

आफू एमाले र कांग्रेसको मान्छे बनाइएको तर माओवादी र प्रचण्डको मान्छे नबनाइएको भन्दै उनको गुनासो थियो।

‘एमालेसँग एकता गर भन्नुभयो केपी ओलीको मान्छे भएँ। कांग्रेससँग सहकार्यको लागि वार्ता गर भन्नुभयो, म कांग्रेसको भएँ। माओवादीको हुने ठाउँ छ कि छैन अध्यक्ष कमरेड मलाई? म माओवादीको कहिले हुन्छु होला,’ प्रचण्डलाई प्रश्न गर्दै  शर्माले भनेका थिए, ‘हुन पाउनुपर्‍यो नि! माओवादी हुन पाउनुपर्दैन म? प्रचण्डको कहिले हुन्छु होला म? देउवाको केपीको मात्रै हुने भएँ, तपाईँको म हुन पाउनु पर्दैन? त्यसकारण तथ्य छाडेर भ्रम सिर्जना गरेर केही हुँदैन।’

जनार्दनले पार्टी फुटाउँदैछ भनेर प्रचण्डले हल्ला चलाए

शनिबारै प्रचण्डले जनार्दनलाई खुमलटारमा बोलाएका थिए। जनार्दनसँग भेटेर बाहिर निस्किएका प्रचण्ड पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौँ वार्षिक साधारणसभामा सहभागी हुन पुगे।

उक्त कार्यक्रममा बोल्दै प्रचण्डले स्थायी समितिको बैठकपछि जनार्दनले पार्टी फुटाउने आशङ्का हटेको जिकिर गरे। उनले अब पार्टी विभाजन नहुने बरु एकताबद्ध भएर अघि बढ्ने जिकिर गरे।

केही मानिसहरूले ‘जनार्दनले पार्टी फुटाउँदै छन्’ भनेर सुनाउँदा आफूलाई पनि के भएको भन्ने लागे पनि स्थायी समिति बैठकको अन्त्यसम्ममा सबै आशङ्का हटेर गएको प्रचण्डले बताएका थिए।

‘स्थायी समिति बैठकमा केही कमरेडले भिन्न ढङ्गले कुरा राख्नुभएको थियो। कमरेड जनार्दन शर्माले लिखित रूपमा प्रस्तुत गरेको दस्ताबेजमा फरक मत भनेर राख्नुभएको थिएन। त्यहाँ फरक मत भनेर लेखिएको पनि छैन,’ उनले भने, ‘उहाँले पनि यसलाई आफ्नो मतको रूपमा व्याख्या गर्दै अरूले मुखले भनेको तर आफूले लेखेर ल्याएको भन्नुभयो। त्यो बाहिर जाँदा तरङ्ग र आशङ्का पैदा भए। तर, स्थायी अन्त्यसम्म आइपुग्दा त्यो मुख्य रूपमा सम्बोधन गरिएको छ।’

आफूले कहिले पनि जनार्दनले पार्टी फुटाउँदैछन् भनेर नभनेको प्रचण्डको जिकिर थियो। आफूलाई विभिन्न व्यक्तिहरूले भनेको तर आफूले त्यसमा विश्वास नगरेको प्रचण्डको भनाइ थियो।

‘प्रभाकरले पार्टी फुटाउन खोजेका छन् भनेर लिडरसिपले कहिले पनि भनेको थिएन। तर विभिन्न मानिसहरूले आएर सुनाउँथे– पार्टी फुट्दै छ, फुटाउँदै छन्, विभिन्न तत्त्व मिलेका छन्। यसले यदाकदा के भयो भन्ने भएको थियो,’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘ बैठक अन्त्यसम्म जनार्दन शर्माको पार्टी फुटाउने कुनै उद्देश्य पनि छैन, नियत पनि छैन भनेर उहाँले प्रष्ट पार्नुभयो। जनार्दनले पार्टी फुटाउन खोज्यो भन्ने कसैलाई आशङ्का छ भने त्यसबाट मुक्त हुन अपिल गर्न चाहन्छु। तपाईंले लिए पनि, मैले लिए पनि त्यो निराधार हो भन्ने चाहन्छु।’

कहाँ बिग्रियो माओवादी? यस्तो छ जनार्दनको सुधार-प्रस्ताव [पूर्णपाठ]

प्रचण्डका पटकपटकका स्पष्टीकरणका बीच पनि जनार्दनले भने आफू आश्वस्त हुन नसकेको संकेत गरिरहेका छन्। विगतमा प्रचण्डले आफ्नो नेतृत्वमाथि प्रश्न उठाउनेलाई नै पार्टी विभाजन बाध्यात्मक अवस्था सिर्जना गरिदिने भएकाले पनि शर्मा प्रचण्डसँग आश्वस्त हुन नसकेका हुन्। यद्यपि प्रचण्डले शर्मालाई फकाउने र शर्माले आफूलाई चित्त नबुझेको कुरा राख्ने क्रम भने जारी नै छ। तर प्रचण्डसँग द्वन्द्व भए पार्टीमा टिक्न नसकिने कुरा बुझेका शर्माले स्वरलाई भने मत्थर गर्ने देखिएको छ।

कांग्रेस र एमालेको समीकरण बनेकोमा उनको दुखेसो पनि कार्यक्रममा व्यक्त गरेका थिए। अपारदर्शी र षडयन्त्र तरिकाले सरकार परिवर्तन गर्न मध्यरातमा सहमति गरेको आरोप लगाए। आफ्नो सरकारलाई हटाउन आफ्नो पङ्क्तिलाई पनि जानकारी नदिइकन जमर्को गरिएको उनको भनाई थियो।

‘मैले अन्तिम पटक विश्वासको मत लिँदा मैले ती सबै कुराको प्रतिवाद र व्याख्या गर्दै के गर्ने भनेर भनेको थिए। समीकरण परिवर्तन गरेर नेकपा एमालेसँग मिलेर विश्वासको मत लिँदै गर्दा एमाले नेताले नेपाली कांग्रेसका नेतालाई हाम्रो बोलचाल बन्द भयो भन्नुभयो,’ प्रचण्डले थपे, ‘तलबाट कांग्रेसका नेताले बोलचाल खोल्ने हो भनेर बोलेको कुरा प्रतिकात्मक थियो। मैले कुरा बुझेँ र मैले तपाईंहरु मिल्नुहोस् भने। तपाईंहरु मिल्नुहोस्, हामी प्रतिपक्षमा बस्छौँ भनेर भनेको थिएँ। जे भयो भयो।’ उनले भ्रष्टाचारविरुद्ध लड्दा लड्दै आफूलाई हटाएको हो भनेर जनताले बुझेको दाबी गरे।

प्रकाशित: २०८१ भदौ १ गते शनिवार ०६:३५
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना