नेपालगञ्ज – बाँकेको राप्ती सोनारी गाउँपालिकाका–२ का वडा अध्यक्ष ज्ञानेन्द्र वली ‘ज्ञानु’ पक्राउ परेका छन्।
गएराति बाँकेको विनौनाका युवा सन्दीप विष्ट र सुलभ मल्ललाई खुकुरी प्रहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनी एमालेबाट वडाध्यक्ष निर्वाचित भएका हुन्।
बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीअनुसार वलीको खुकुरी प्रहारबाट घाइतेलाई उपचारका लागि भारतको लखनउ लगिएको छ।
उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ।


