काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान भएका छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले आइतबार झालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश जारी गरेको हो।
अदालतको आदेशपछि झालाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ।
झालाई चार वटा कसुरमा मुद्दा दायर गरिएको थियो।
ठगी, लिखत कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो। झाले भने आफूमाथि लागेको सबै आरोपको खण्डन गर्दै बयान दिएका थिए।
उनले आफूमाथि आरोप लागेको समयमा आफू नेपालमा नभई भारतमा उपचाररत रहेकाले उपस्थित हुन नसकेको उनको दाबी थियो।
नक्कली शरणार्थी प्रकरण : यस्तो छ मुख्य आरोपित बेचन झाको बयान [पूर्णपाठ]


