भरतपुर ( चितवन ) – १ भाद्रदेखि मात्र नारायणगढस्थित सहिद चोकबाट सेवा प्रारम्भ गरेको एनबीएम होलिडेज– चितवनका सञ्चालक सुदीप तिवारी आफ्नो नयाँ उद्यम/व्यवसायप्रति उत्साही देखिन्छन्। ‘प्रारम्भमै हामीले जुन प्रतिक्रिया पाएका छौं, त्यसले हामीलाई थप उर्जाशील मात्र होइन बडो उत्साही पनि बनाएको छ’, सञ्चालक तिवारीले नेपाल क्लिक्ससँग भने, ‘सुभेच्छुकहरुको माया त छँदैछ व्यवसायीक रुपमा पनि त्यत्तिकै राम्रो फिडव्याक मिलिरहेको छ।’
एनबीएम होलिडेज– चितवन राजधानी काठमाडौंमा मूख्यालय रहेको एनबीएम होलिडेजको विस्तारित आउटलेट हो। यसले सुलभ र सस्तो हवाइ टिकटको सेवा दिने मात्र होइन, विभिन्न भ्रमण प्याकेजको प्रबन्ध पनि गर्छ।
एनबीएम होलिडेज– चितवनको सेवा प्रारम्भका लागि आयोजित औपचारिक उद्घाटनमा नारायणगढ पुगेका एनबीएम मूख्यालयका प्रबन्ध निर्देशक सुदर्शन नेपालले सञ्चालक तिवारीसँग संयुक्त रुपमा रिवन काटेर सेवा प्रारम्भको उद्घोष गरेका थिए। चितवन त्यो पनि व्यापारिक तथा व्यवसायिक हब बन्दैगरेको नारायणगढबाट सेवा प्रारम्भ हुँदा प्रबन्ध निर्देश नेपाल पनि खुशी र उत्साही देखिन्थे। ‘विभिन्न देश पुग्नेहरुका लागि चितवनको यो मुख्य क्षेत्रबाट व्यवसाय सुरु भएकोमा हामी सबै खुशी छौं’, उनले भने।
गुणस्तरी व्यवसायिक सेवा आफूहरुको मूल मन्त्र भएकाले सेवामा कुनै पनि खालको सम्झौता नहुने प्रतिवद्धता एनबीएम होलिडेज– चितवनका सञ्चालक तिवारीको छ। ‘एउटा युवा कर्मशीलका रुपमा पनि हाम्रा ग्राहकलाई स्तरीय सेवा हाम्रो कर्तव्य बन्दछ’, उनले भने। एनबीएम होलिडेज– चितवनका सञ्चालक तिवारी चितवनमा बढ्दै गरेको एजुकेशन कन्सल्टेन्सी, यो क्षेत्रमा देखिएको विदेश भ्रमणको बढ्दो आनिवानी र सघन बन्दै गइरहेको वस्ती विकासका कारण पनि एनबीएम होलिडेजको चितवन आउटलेटले व्यवसायिक रुपमा सफलता प्राप्त गर्नेमा सञ्चालकहरु आशावादी छन्। ‘स्वभाविक रुपमा बदलिँदैगरेको चितवनमा हाम्रो व्यवसायिक आशा सकारात्मक छ’ सञ्चालक तिवारीले भने।
एनबीएम होलिडेज– चितवनको समुद्घाटनका अवसरमा विशिष्ठ अतिथिको रूपमा सहभागी भएका उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुबेदीले समेत नारायणगढको मुटुमा सुरु भएको यो व्यवसाय छिटै स्थापित हुनेमा आफू विश्वस्त रहेको बताए।




