काठमाडौं– नेपालको पहिलो डिजिटल वालेट आईएमई पे र नबिल बैंकबीच वालेट लोड सम्बन्धी सम्झौता भएको छ।
सम्झौता अनुसार नबिल बैंकमा खाता भएका सेवाग्राहीले आफ्नो मोबाइल बैंकिङ एपबाट सिधै आईएमई पे वालेटमा पैसा लोड गर्न सक्नेछन्।
नबिल बैंकका सेवाग्राहीले सरल तथा सुलभ रूपमा आईएमई पे वालेटको सेवा प्राप्त गर्न सकिने विश्वास बैंकले गरेको छ।


