२०८३ साउन १३ गते बुधबार

स्काइवेल गाडीमा छन् यस्ता सुविधा, उपभोक्ता आकर्षित भएपछि ५ लाख छुटको अफर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १४
457263980_367439149743402_4581590976961815654_n

काठमाडौँ- चिनियाँ सवारी उत्पादक कम्पनी स्काइवेलका लागि नेपालको आधिकारिक बिक्रेता जी-मोटर्स नाडा अटो शोमा दुई भेरियन्टका एसयूभी सार्वजनिक गर्‍यो। स्काइवेल बीई-११ मोडलका भर्खरै सार्वजनिक गरिएको भएपनि यसमा अटो उपभोक्ताहरुको चासो चाहिँ तीव्र रूपमा बढेको जी मोटर्सको भनाइ छ।

दुई भेरियन्ट सार्वजनिक गरेर आक्रामक रूपमा बुकिङ गर्ने योजनाअनुसार अघि बढिरहेको छ। कम्पनीले यसअघि नै ईटी-५ मोडल सार्वजनिक गरी बिक्री गर्दै आएको थियो। नाडा अटो सोमा जी मोटर्सले अब दुई मोडलमा तीन भेरियन्टका गाडीको बुकिङ लिइरहेको छ।

‘नाडा शोमा हालै सार्वजनिक भएकाले होला, बीई-११ मोडलका दुवै भेरियन्टमा ग्राहकको उत्तिकै चासो छ,’ बिक्रेता कम्पनी जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले भने, ‘दुवै भेरियन्टको बुकिङ राम्रो छ। प्रारम्भिक रूपमा ग्राहकहरूबाट पाएको सकारात्मक प्रतिक्रियाले हामी उत्साहित छौँ।’

गेलालकाअनुसार यसअघि वैशाखदेखि नै स्काइवेलले ईटी-५ नेपाल ल्याएर बिक्री गरिरहेको छ। ८६ किलोवाट आवरको ब्याट्री रहेको यो मोडल गत वैशाखदेखि नेपालमा बिक्री हुन थालेको हो। १५० किलोवाट क्षमताको ब्याट्री एकपटकको फुल चार्जमा ६२० किलोमिटरसम्म कुद्ने यो गाडीको अंकित मूल्य १ करोड १० लाख थियो। यो मोडलको गाडीको व्यापारबाट पनि आफूहरू उत्साहित भएर नयाँनयाँ मोडल/भेरियन्ट भित्र्याइउने हौसला मिलेको गेलालको भनाइ छ।

स्काइवेल ईटी-५ मोडललाई नै मोडिफाई गरी बीई-११ नाम दिएर दुई ब्याट्री अप्सन (भेरियन्ट)मा आएको गाीडी सार्वजनिक गरी बुकिङ लिइरहेको जी मोटर्सको भनाइ छ। बीई-११ को इन्ट्री मोडलको रुपमा ५१ किलोवाटको ब्याट्री छ। यसको मूल्य ७५ लाख ९० हजार रुपैयाँ तोकेको छ।

त्यसैगरी ७१ किलोवाटको ब्याट्री साइज भएको गाडीको ‍मूल्य भने ८५ लाख ९० हजार रुपैयाँ तोकिएको छ। तीनै भेरिन्टमा १५० किलोवाटकै मोटर हुन्छ।  स्काइवेलका तीनै भेरियन्ट/मोडलका गाडीमा डिजाइन र फिचर उस्तैउस्तै रहेको तर ब्याट्री साइका कारण मूल्य फरक परेको कम्पनीको भनाइ छ।

नाडा मेलामा आएकामध्ये अधिकांशले स्काईवेलका गाडी स्टलका बढी समय बिताएको गेलालको भनाइ छ। मन परेका स्टलमा नै भ्रमणकर्ताले बढी समय बिताउने उनको भनाइ छ।

कस्तो छ गाडी?
स्काइवेलका जी मोटर्सका कार्यकारी निर्देशक पारसमणि गेलाल नाडा मेलामा गाडीबारे बुझ्नेहरूको संख्या राम्रो रहेको बताउँछन्। ‘बुकिङ राम्रो भइरहेको छ,’ उनले भने, ‘यो गाडीको यही भेरियन्ट ६४ मुलुकमा बिक्री भइरहेको छ।’

एकपटकको फुल चार्जमा ६२० किलोमिटर दगुर्ने यो गाडी हालसम्म ५२ थान गाडी बिक्री भइसकेको छ।

नाडामा सार्वजनिक भएको बीई-११ को ४१० भेरियन्ट (एक पटकको फुल चार्जमा ४१० किमी कुद्ने विद्युतीय गाडी) कालो रङमा छ भने ५२० भेरियन्ट  (एक पटकको फुल चार्जमा ५२० किमी कुद्ने विद्युतीय गाडी)सेतो छ।

‘ईभीमा सबैभन्दा ठूलो र आरामदायी गाडी यही हो,’ गेलाल भन्छन्, ‘स्काइवेलका सबै मोडल/भेरयन्टमा मेट्रिक्स लेजर हेड-ल्याम्प छ। यसले ३ सय मिटरसम्म फोकस गर्छ। ३६० डिग्री राडार र ३६० डिग्री नै घुम्न सक्ने क्यामेरा जडान गरिएको छ।’

यो गाडीको मुख्य विशेषता टायर भएको पनि उनले बताए। १९ इन्चको टायर ठूलो भएको र ग्राउन्ड क्लियरेन्स १९७ एमएम छ। ‘ईभी एसयुभीमा यति ठूलो ग्राउन्ड क्लियरेन्स भएकाले यो गाडी पहाड-मधेश-तराई जहाँ पनि ढुक्कका साथ यात्रा गर्न सकिन्छ,’ पारस भन्छन्।

गाडीको ब्याकमा रहेको ब्रान्डको नाम बलिरहने विशेषता छ। गाडीको बुट लेग (पछाडिको डिकी) सेन्सरबाट पनि खोल्न सकिन्छ। ४७० लिटरको बुटस्पेस भएकाले धेरै सामन राख्नेहरूका लागि पनि यो गाडी उपयुक्त छ।

यो गाडीमा अगाडि-पछाडिको वाइपर अटोसेन्सिङ भएकाले पानी परेपछि आफैँ खुल्ने र पानी बन्द भएपछि आफैँ बन्द हुने सिस्टममा आधारित छ।

गाडीमा सिटहरूको कुरा गर्दा पछाडिको सिट पनि दुई स्टेपसम्म फोल्ड गर्न सकिन्छ। प्राय गाडीमा एक स्टेप मात्र फोल्ड हुने भएपनि पछाडिको सिट पनि दुई स्टेपसम्म फोल्ड हुने भएकाले आरामदायी यात्राका लागि उपयुक्त उनले पारस बताउँछन्। ‘अगाडिको सिट आवश्यकताअनुसार फिट हुने गरी फोल्ड गर्न मिल्छ।

गाडीमा १२ भोल्टको आउटपुट सकेट छ। यो सकेटमा जडान गरी लाइट बाल्न सकिने, इलेक्ट्रिक ओभन चलाउन सकिने भएकाले आउटिङ जानेहरूका लागि पनि उपयुक्त छ। यस्तै अर्को गाडीलाई पनि यही गाडीबाट बाटोमै चार्ज दिन सकिने सुविधा पनि रहेको पारसको भनाइ छ।

फास्ट चार्जिङबाट १ घण्टामा फुल चार्ज गर्न सकियो गाडी घरमा चाहिँ ७ देखि ९ घण्टामा फूल चार्ज गर्न सकिन्छ। युरोपेली मापदण्डमा पूरा गरेको यो गाडीका लागि एसी र डीसी दुवै चार्जर प्रयोग गर्न सकिन्छ।

गाडीमा इमरजेन्सी एक्जिट पनि छ। ब्याट्रीसँग कनेक्सन टुटेको अवस्थामा इमरजेन्सी एक्जिट भएकाले भित्रबाट बन्द भएपनि पछाडिको सिटको छेउमा रहने यो बटन प्रेस गरे सबै ढोकाहरू अनलक हुन्छन्।

हिलस्टार्ट एसिस्ट भएकाले उकालोमा रोकेर फेरि अघि बढाउनु परे पछाडि नसरी अघि बढ्न सक्छ। ओरालोमा पनि होल्ड हुन्छ अर्थात्  अघिपछि नसर्ने सुविधा यो गाडीमा छ।

अगाडिको सिटमा बस्ने ढोकामा काठ र लेदरको फिनिसिङले आकर्षक छ। अटो पार्किङ सिस्टम भएको गाडी १५० किलोमिटर प्रतिघण्टासम्म कुदाउन सकिन्छ।

गाडीमा चालक बस्ने सिटबाट देखिने गरी १५ इन्चको डिस्प्ले सिस्टम जडान भएको छ। स्टेरिङलाई फोर वे एडजस्टेबल भएकाले चारपटक तलमाथि गर्न सकिने भएकाले होचोअग्लो चालकलाई पनि चलाउन सुविधा छ।

अगाडिका दुवै सिट पावरबाटै फोल्ड/अनफोल्ड गर्न सकिने सुविधा भएको गाडीमा कुलिङ बक्स पनि छ। यसमा चिसोमा राख्न पर्ने सामान राखेर यात्रा गर्न सिकिन्छ।

ब्याक सिटमा पनि एसी भेन्ड भएको गाडी पार्किङ मोड, ड्राइभिङ र स्पोर्ट मोडमा टर्न गर्न सकिन्छ। ६ वटा हाइक्वालिटी स्पिकर भएको गाडी नेपालको बाटोमा उपयुक्त हुने पारस बताउँछन्। यो गाडी राइट हेन्ड ड्राइभ हुने देशहरूमध्ये नेपाल, बेलायत र अस्ट्रेलियामा एकैपटक आएको आएको उनको भनाइ छ।

ग्राहकका घरघरमै पुगेर सर्भिसिङको सुविधासमेत दिइने उनले बताए। भक्तपुर, इटहरी, बुटवल, नारायणघाट र विर्तामोडमा स्काइवेलका शोरुम स्थापना गरिएको छ। काठमाडौँको नक्सालमा असोज १ गतेदेखि शोरुम उद्घाटन गर्ने तयारी जीमोटर्सले गरेको छ।

नाडा अटो शोमा ५ लाखसम्म छुट
नाडा अटो शोमा गाडी बुकिङ गर्दा कम्पनीले पाँच लाख रुपैयाँसम्म नगद छुट दिने भएको छ। कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो २०२४’ को अवसर पारेर सो छुट अफर ल्याएको हो।

‘हामीले नाडा अटो सोलाई भनेर नै भारी छुट योजना ल्याएका छौं,’ पारसले भने, ‘नाडा सो अवधिभरमा बुकिङ गर्ने ग्राहकले न्यूनतम एक लाखदेखि पाँच लाख रुपैयाँसम्म नगद छुट पाउनेछन्।’

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मंगलबारदेखि अटो सो सञ्चालन गरिरहेको छ। सुरु दिनमै जी मोटर्सले स्काइवेलको नयाँ मोडल ‘स्काइवेल बी ११’ सार्वजनिक गरेको हो।

यसैगरी प्रदर्शनमा स्काइवेल बी ११ का ४१० किलोमिटर रेन्ज तथा ५२० किलोमिटर रेन्च गरी दुई भेरिएन्ट र ६२० किलोमिटर रेन्जको स्काइवेल ईटी ५ रहेको कम्पनीले जनाएको छ। कम्पनीले अटो सो विशेष अफरमा स्काइवेलका यी तीनै मोडलका गाडीमा छुट उपलब्ध छन् । नगद छुटका लागि भने ग्राहकले अटो सो अवधिभर न्यूनतम एक लाख रुपैयाँ जम्मा गराएर बुकिङ गर्नुपर्छ। अटो सोमा बुकिङ गर्दा उपलब्ध हुने छुट छठसम्म मान्य हुने गेलालले जनाए।

नाडामा बुक गर्ने ग्राहकले स्काइवेल बी-११ ले ४१० किलोमिटर रेन्ज दिने भेरिएन्टलाई ७५ लाख ९० हजार तिर्नुपर्छ। नाडा मेला पछि बुकिङ गरे यो गाडीलाई ८० लाख ९० हजार पर्नेछ। त्यस्तै ५२० किलोमिटर रेन्ज प्रदान गर्ने अर्को भेरिएन्टलाई नाडा मेलामा बुकिङ गरे ८५ लाख ९० हजार रुपैयाँ तिर्नुपर्छ। तर मेलापछिको बुकिङमा भने ८९ लाख ९० हजार पर्ने कम्पनीको भनाइ छ।

जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलाल स्काइवेल-इटी-५ पनि बुकिङ राम्रो भइरहेको बताए। वैशाखमा सार्वजनिक भएको यो गाडी कुनै मेलापर्वको सिजन नपर्दा पनि आफूहरुले अपेक्षा गरेअनुसार बुकिङ भएको बताउँछन्। उनका अनुसार यो गाडी नेपालमा अहिले भएका ईभीमध्ये सबैभन्दा धेरै माइलेज दिने  गाडी हो।

‘सिंगल चार्जमा ६ सय २० किलोमिटर दुरी तय गर्ने र ८६ किलोवाट आवरको ब्याट्री प्याकले ग्राहकलाई सोचेभन्दा आरामदायी यात्रा तय गराउने छ,’ गेलाल भन्छन्। स्काइवेल ८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी) हुने स्काइवेलको उत्पादन हो। ‘नाडा अटो शो २०२४’ भदौ ११ गतेदेखि १६ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा चलिरहेको छ।

प्रकाशित: २०८१ भदौ १४ गते शुक्रबार १२:१५
प्रतिक्रिया

थप समाचार

तोलामा ४३ सयले सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँः आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार...

रश्मी मृत्यु प्रकरणः निष्पक्ष छानबिन गर्न कर्मचारी संघको माग

काठमाडौँः नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले सानिमा क्यापिटलका कम्प्लायन्स अफिसर रश्मी रिजालको मृत्यु प्रकरणको निष्पक्ष, स्वतन्त्र र वैज्ञानिक छानबिन गर्न सरकारसँग माग गरेको छ। संघले...

ई–कमर्समा नयाँ अभ्यासः उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

काठमाडौँ: नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ आगामी साउन १३ गते हुने भएको छ। नेपाली उपभोक्ताले कारखानाबाट आफ्नो घरसम्म पुग्ने क्रममा हुने अनावश्यक...

नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने

काठमाडौँ: नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वास्थ्य सेवामा सहुलियत दिने उद्देश्यले काठमाडौंको पुतलीसडकस्थित ओरल एन्ड डेन्टल क्लिनिक प्रालिसँग विशेष साझेदारी गरेको छ। सम्झौताअनुसार...

सानिमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा २.८३ अर्ब

काठमाडौँः सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना