२०८३ कार्तिक १५ गते शनिवार

स्काइवेल गाडीमा छन् यस्ता सुविधा, उपभोक्ता आकर्षित भएपछि ५ लाख छुटको अफर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १४
457263980_367439149743402_4581590976961815654_n

काठमाडौँ- चिनियाँ सवारी उत्पादक कम्पनी स्काइवेलका लागि नेपालको आधिकारिक बिक्रेता जी-मोटर्स नाडा अटो शोमा दुई भेरियन्टका एसयूभी सार्वजनिक गर्‍यो। स्काइवेल बीई-११ मोडलका भर्खरै सार्वजनिक गरिएको भएपनि यसमा अटो उपभोक्ताहरुको चासो चाहिँ तीव्र रूपमा बढेको जी मोटर्सको भनाइ छ।

दुई भेरियन्ट सार्वजनिक गरेर आक्रामक रूपमा बुकिङ गर्ने योजनाअनुसार अघि बढिरहेको छ। कम्पनीले यसअघि नै ईटी-५ मोडल सार्वजनिक गरी बिक्री गर्दै आएको थियो। नाडा अटो सोमा जी मोटर्सले अब दुई मोडलमा तीन भेरियन्टका गाडीको बुकिङ लिइरहेको छ।

‘नाडा शोमा हालै सार्वजनिक भएकाले होला, बीई-११ मोडलका दुवै भेरियन्टमा ग्राहकको उत्तिकै चासो छ,’ बिक्रेता कम्पनी जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले भने, ‘दुवै भेरियन्टको बुकिङ राम्रो छ। प्रारम्भिक रूपमा ग्राहकहरूबाट पाएको सकारात्मक प्रतिक्रियाले हामी उत्साहित छौँ।’

गेलालकाअनुसार यसअघि वैशाखदेखि नै स्काइवेलले ईटी-५ नेपाल ल्याएर बिक्री गरिरहेको छ। ८६ किलोवाट आवरको ब्याट्री रहेको यो मोडल गत वैशाखदेखि नेपालमा बिक्री हुन थालेको हो। १५० किलोवाट क्षमताको ब्याट्री एकपटकको फुल चार्जमा ६२० किलोमिटरसम्म कुद्ने यो गाडीको अंकित मूल्य १ करोड १० लाख थियो। यो मोडलको गाडीको व्यापारबाट पनि आफूहरू उत्साहित भएर नयाँनयाँ मोडल/भेरियन्ट भित्र्याइउने हौसला मिलेको गेलालको भनाइ छ।

स्काइवेल ईटी-५ मोडललाई नै मोडिफाई गरी बीई-११ नाम दिएर दुई ब्याट्री अप्सन (भेरियन्ट)मा आएको गाीडी सार्वजनिक गरी बुकिङ लिइरहेको जी मोटर्सको भनाइ छ। बीई-११ को इन्ट्री मोडलको रुपमा ५१ किलोवाटको ब्याट्री छ। यसको मूल्य ७५ लाख ९० हजार रुपैयाँ तोकेको छ।

त्यसैगरी ७१ किलोवाटको ब्याट्री साइज भएको गाडीको ‍मूल्य भने ८५ लाख ९० हजार रुपैयाँ तोकिएको छ। तीनै भेरिन्टमा १५० किलोवाटकै मोटर हुन्छ।  स्काइवेलका तीनै भेरियन्ट/मोडलका गाडीमा डिजाइन र फिचर उस्तैउस्तै रहेको तर ब्याट्री साइका कारण मूल्य फरक परेको कम्पनीको भनाइ छ।

नाडा मेलामा आएकामध्ये अधिकांशले स्काईवेलका गाडी स्टलका बढी समय बिताएको गेलालको भनाइ छ। मन परेका स्टलमा नै भ्रमणकर्ताले बढी समय बिताउने उनको भनाइ छ।

कस्तो छ गाडी?
स्काइवेलका जी मोटर्सका कार्यकारी निर्देशक पारसमणि गेलाल नाडा मेलामा गाडीबारे बुझ्नेहरूको संख्या राम्रो रहेको बताउँछन्। ‘बुकिङ राम्रो भइरहेको छ,’ उनले भने, ‘यो गाडीको यही भेरियन्ट ६४ मुलुकमा बिक्री भइरहेको छ।’

एकपटकको फुल चार्जमा ६२० किलोमिटर दगुर्ने यो गाडी हालसम्म ५२ थान गाडी बिक्री भइसकेको छ।

नाडामा सार्वजनिक भएको बीई-११ को ४१० भेरियन्ट (एक पटकको फुल चार्जमा ४१० किमी कुद्ने विद्युतीय गाडी) कालो रङमा छ भने ५२० भेरियन्ट  (एक पटकको फुल चार्जमा ५२० किमी कुद्ने विद्युतीय गाडी)सेतो छ।

‘ईभीमा सबैभन्दा ठूलो र आरामदायी गाडी यही हो,’ गेलाल भन्छन्, ‘स्काइवेलका सबै मोडल/भेरयन्टमा मेट्रिक्स लेजर हेड-ल्याम्प छ। यसले ३ सय मिटरसम्म फोकस गर्छ। ३६० डिग्री राडार र ३६० डिग्री नै घुम्न सक्ने क्यामेरा जडान गरिएको छ।’

यो गाडीको मुख्य विशेषता टायर भएको पनि उनले बताए। १९ इन्चको टायर ठूलो भएको र ग्राउन्ड क्लियरेन्स १९७ एमएम छ। ‘ईभी एसयुभीमा यति ठूलो ग्राउन्ड क्लियरेन्स भएकाले यो गाडी पहाड-मधेश-तराई जहाँ पनि ढुक्कका साथ यात्रा गर्न सकिन्छ,’ पारस भन्छन्।

गाडीको ब्याकमा रहेको ब्रान्डको नाम बलिरहने विशेषता छ। गाडीको बुट लेग (पछाडिको डिकी) सेन्सरबाट पनि खोल्न सकिन्छ। ४७० लिटरको बुटस्पेस भएकाले धेरै सामन राख्नेहरूका लागि पनि यो गाडी उपयुक्त छ।

यो गाडीमा अगाडि-पछाडिको वाइपर अटोसेन्सिङ भएकाले पानी परेपछि आफैँ खुल्ने र पानी बन्द भएपछि आफैँ बन्द हुने सिस्टममा आधारित छ।

गाडीमा सिटहरूको कुरा गर्दा पछाडिको सिट पनि दुई स्टेपसम्म फोल्ड गर्न सकिन्छ। प्राय गाडीमा एक स्टेप मात्र फोल्ड हुने भएपनि पछाडिको सिट पनि दुई स्टेपसम्म फोल्ड हुने भएकाले आरामदायी यात्राका लागि उपयुक्त उनले पारस बताउँछन्। ‘अगाडिको सिट आवश्यकताअनुसार फिट हुने गरी फोल्ड गर्न मिल्छ।

गाडीमा १२ भोल्टको आउटपुट सकेट छ। यो सकेटमा जडान गरी लाइट बाल्न सकिने, इलेक्ट्रिक ओभन चलाउन सकिने भएकाले आउटिङ जानेहरूका लागि पनि उपयुक्त छ। यस्तै अर्को गाडीलाई पनि यही गाडीबाट बाटोमै चार्ज दिन सकिने सुविधा पनि रहेको पारसको भनाइ छ।

फास्ट चार्जिङबाट १ घण्टामा फुल चार्ज गर्न सकियो गाडी घरमा चाहिँ ७ देखि ९ घण्टामा फूल चार्ज गर्न सकिन्छ। युरोपेली मापदण्डमा पूरा गरेको यो गाडीका लागि एसी र डीसी दुवै चार्जर प्रयोग गर्न सकिन्छ।

गाडीमा इमरजेन्सी एक्जिट पनि छ। ब्याट्रीसँग कनेक्सन टुटेको अवस्थामा इमरजेन्सी एक्जिट भएकाले भित्रबाट बन्द भएपनि पछाडिको सिटको छेउमा रहने यो बटन प्रेस गरे सबै ढोकाहरू अनलक हुन्छन्।

हिलस्टार्ट एसिस्ट भएकाले उकालोमा रोकेर फेरि अघि बढाउनु परे पछाडि नसरी अघि बढ्न सक्छ। ओरालोमा पनि होल्ड हुन्छ अर्थात्  अघिपछि नसर्ने सुविधा यो गाडीमा छ।

अगाडिको सिटमा बस्ने ढोकामा काठ र लेदरको फिनिसिङले आकर्षक छ। अटो पार्किङ सिस्टम भएको गाडी १५० किलोमिटर प्रतिघण्टासम्म कुदाउन सकिन्छ।

गाडीमा चालक बस्ने सिटबाट देखिने गरी १५ इन्चको डिस्प्ले सिस्टम जडान भएको छ। स्टेरिङलाई फोर वे एडजस्टेबल भएकाले चारपटक तलमाथि गर्न सकिने भएकाले होचोअग्लो चालकलाई पनि चलाउन सुविधा छ।

अगाडिका दुवै सिट पावरबाटै फोल्ड/अनफोल्ड गर्न सकिने सुविधा भएको गाडीमा कुलिङ बक्स पनि छ। यसमा चिसोमा राख्न पर्ने सामान राखेर यात्रा गर्न सिकिन्छ।

ब्याक सिटमा पनि एसी भेन्ड भएको गाडी पार्किङ मोड, ड्राइभिङ र स्पोर्ट मोडमा टर्न गर्न सकिन्छ। ६ वटा हाइक्वालिटी स्पिकर भएको गाडी नेपालको बाटोमा उपयुक्त हुने पारस बताउँछन्। यो गाडी राइट हेन्ड ड्राइभ हुने देशहरूमध्ये नेपाल, बेलायत र अस्ट्रेलियामा एकैपटक आएको आएको उनको भनाइ छ।

ग्राहकका घरघरमै पुगेर सर्भिसिङको सुविधासमेत दिइने उनले बताए। भक्तपुर, इटहरी, बुटवल, नारायणघाट र विर्तामोडमा स्काइवेलका शोरुम स्थापना गरिएको छ। काठमाडौँको नक्सालमा असोज १ गतेदेखि शोरुम उद्घाटन गर्ने तयारी जीमोटर्सले गरेको छ।

नाडा अटो शोमा ५ लाखसम्म छुट
नाडा अटो शोमा गाडी बुकिङ गर्दा कम्पनीले पाँच लाख रुपैयाँसम्म नगद छुट दिने भएको छ। कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो २०२४’ को अवसर पारेर सो छुट अफर ल्याएको हो।

‘हामीले नाडा अटो सोलाई भनेर नै भारी छुट योजना ल्याएका छौं,’ पारसले भने, ‘नाडा सो अवधिभरमा बुकिङ गर्ने ग्राहकले न्यूनतम एक लाखदेखि पाँच लाख रुपैयाँसम्म नगद छुट पाउनेछन्।’

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मंगलबारदेखि अटो सो सञ्चालन गरिरहेको छ। सुरु दिनमै जी मोटर्सले स्काइवेलको नयाँ मोडल ‘स्काइवेल बी ११’ सार्वजनिक गरेको हो।

यसैगरी प्रदर्शनमा स्काइवेल बी ११ का ४१० किलोमिटर रेन्ज तथा ५२० किलोमिटर रेन्च गरी दुई भेरिएन्ट र ६२० किलोमिटर रेन्जको स्काइवेल ईटी ५ रहेको कम्पनीले जनाएको छ। कम्पनीले अटो सो विशेष अफरमा स्काइवेलका यी तीनै मोडलका गाडीमा छुट उपलब्ध छन् । नगद छुटका लागि भने ग्राहकले अटो सो अवधिभर न्यूनतम एक लाख रुपैयाँ जम्मा गराएर बुकिङ गर्नुपर्छ। अटो सोमा बुकिङ गर्दा उपलब्ध हुने छुट छठसम्म मान्य हुने गेलालले जनाए।

नाडामा बुक गर्ने ग्राहकले स्काइवेल बी-११ ले ४१० किलोमिटर रेन्ज दिने भेरिएन्टलाई ७५ लाख ९० हजार तिर्नुपर्छ। नाडा मेला पछि बुकिङ गरे यो गाडीलाई ८० लाख ९० हजार पर्नेछ। त्यस्तै ५२० किलोमिटर रेन्ज प्रदान गर्ने अर्को भेरिएन्टलाई नाडा मेलामा बुकिङ गरे ८५ लाख ९० हजार रुपैयाँ तिर्नुपर्छ। तर मेलापछिको बुकिङमा भने ८९ लाख ९० हजार पर्ने कम्पनीको भनाइ छ।

जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलाल स्काइवेल-इटी-५ पनि बुकिङ राम्रो भइरहेको बताए। वैशाखमा सार्वजनिक भएको यो गाडी कुनै मेलापर्वको सिजन नपर्दा पनि आफूहरुले अपेक्षा गरेअनुसार बुकिङ भएको बताउँछन्। उनका अनुसार यो गाडी नेपालमा अहिले भएका ईभीमध्ये सबैभन्दा धेरै माइलेज दिने  गाडी हो।

‘सिंगल चार्जमा ६ सय २० किलोमिटर दुरी तय गर्ने र ८६ किलोवाट आवरको ब्याट्री प्याकले ग्राहकलाई सोचेभन्दा आरामदायी यात्रा तय गराउने छ,’ गेलाल भन्छन्। स्काइवेल ८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी) हुने स्काइवेलको उत्पादन हो। ‘नाडा अटो शो २०२४’ भदौ ११ गतेदेखि १६ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा चलिरहेको छ।

प्रकाशित: २०८१ भदौ १४ गते शुक्रबार १२:१५
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना