काठमाडौं- ट्रेकिङ एजेन्सीज् एसोसियसन अफ नेपाल (टान)को वरिष्ठ उपाध्यक्षका उम्मेदवार कर्मा शेर्पाले राजेन्द्र सापकोटाको समूहले चुनाव जित्ने दाबी गरेका छन्।
ट्रेकिङ व्यवसायीहरूसँगको छलफल कार्यक्रममा बोल्दै शेर्पाले यस्तो दाबी गरेका हुन्।
शेर्पाले टानलाई गतिशिल र पर्यटन क्षेत्रलाई मर्यादित बनाउन सापकोटा समुहले चुनाब जित्नैपर्ने जिकिर गरे।
टानलाई पर्यटन क्षेत्रको लिडिङ संस्थाको रुपमा विकास गराउने व्यवसायीको अपनत्व हुने गरी संस्थागत रुपमा टानलाई अगाडि बढाउने योजनासहित आफूहरु चुनावको मैदानमा उत्रेको उल्लेख गरे।
टानलाई प्रविधिसँग र र पदयात्रा व्यवसायीलाई राज्यसँग जोड्नका लागि टानमा आफूहरुको नेतृत्व जरुरी रहेको उनको भनाई थियो।
यसैबीच देशभरका ट्रेकिङ व्यवसायीहरु यतिबेला ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानको नेतृत्व छान्न जुटेका छन्।
भदौ १७ गते टानको निर्वाचनका हुँदैछ भने उम्मेदवारी दर्ता हिजो (बिहीबार) सम्पन्न भएको छ।
टानको अध्यक्षमा राजेन्द्र प्रसाद सापकोटा र सागर पाण्डेले आ-आफ्नो समूहसहित चुनाव जित्ने दाउमा छन्।


