२०८३ कार्तिक १५ गते शनिवार

प्रिमियम लक्जरी इभी ब्रान्ड जिकर अब नेपाली बजारमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १९
_DSC2266

काठमाडौँ- नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडले प्रिमियम लक्जरी इभी ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ।

जिकर, चीनको गिलि होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरि विद्युतीय गाडीको ब्रान्ड हो जुन अत्याधुनिक प्रविधि र ग्राहक-केन्द्रित दृष्टिकोणका साथ मोबिलिटि तथा यातायात क्षेत्रको नेतृत्व गर्न तत्पर छ।

यसै साता ह्यात रिजेन्सि काठमाडौंमा एक समारोहबीच जिकर ब्रान्ड सार्वजनिक गरिएको हो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको समारोहमा जिकर साउथ एसियाका रिजनल डिरेक्टर फेलिक्स हु, जिकर ग्लोबल आफ्टरसेल्स सर्भिसका डिरेक्टर एस्टोर झाओ, शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडा, शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा, शारडा ग्रुपका निर्देशकद्वय प्रदीप शारडा र गौरव शारडा, र गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छासहित अन्य सहभागीहरूको भव्य उपस्थिति थियाे।

सदीक्षा श्रेष्ठद्वारा उद्घोषित कार्यक्रमको औपचारिक सुरुवात आमन्त्रित व्यक्तित्व तथा अतिथिहरुको अभिनन्दनसहित राष्ट्रिय गान बजाउँदै, माननीय देवेन्द्र दाहाल, शिव रतन शारडा, फेलिक्स हु, एस्टोर झाओ, र सन्दीप कुमार शारडाद्वारा पानसमा बत्ती बाली गरिएको हो।

शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाद्वारा स्वागत मन्तव्य राखिएसँगै अघि बढेको कार्यक्रममा प्रमुख अतिथि, यातायातमन्त्री दाहालद्वारा विशेष मन्तव्यपछि प्रमुख अतिथिलाई विशेष ‘टोकन अफ अप्रिसिएसन’ प्रदान गरियो।

त्यसैगरी, कार्यक्रममा जिकर टिमद्वारा ‘ब्रान्ड प्रिजेन्टेसन’ र जिकर नेपाल टीमद्वारा ‘प्रोडक्ट ब्रिफ’ गरियो। साथै, कन्टेमपररि डान्स प्रस्तुतीले कार्यक्रममा शोभा बढायो भने ‘प्रोडक्ट भिडियो’ मार्फत नयाँ जिकर एक्स एसयुभिको विस्तृत जानकारी प्रदर्शन गरियो।

प्रमुख अतिथि दाहाल र शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडा र प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाद्वारा जिकर ब्रान्डको डेब्यु मोडल बहुप्रतिक्षित इलेक्ट्रिक एसयुभि ‘जिकर एक्स’को पहिलोपटक अनावरण गरियो।

त्यसैगरी, नयाँ जिकर एक्स सँगै सहभागी तथा अतिथिहरूको फोटोसुट सेसन पनि सम्पन्न भयो। साथै शारडा ग्रुपका निर्देशक गौरव शारडाद्वारा धन्यवाद ज्ञापनपश्चात कार्यक्रम अन्तर्क्रिरया तथा ‘ककटेल डिनर’मा परिणत भयो।

पायोनियर मोटो कर्पले हालसालै सम्पन्न नाडा अटो सो २०८१ मा जिकर एक्सको स्ट्यान्डर्ड र फ्ल्यागसिप भेरियन्ट सार्वजनिक गरेको छ। जिकर एक्स लक्जरी तथा नयाँ अनुभव चाहने र अत्याधुनिक प्रविधिमा रूची राख्ने नेपाली उपभोक्ताहरूको उच्च अपेक्षा पूरा गर्न डिजाइन गरिएको गाडी हो।

जिकर एक्स परिष्कृत पर्फमेन्स र अत्याधुनिक सुरक्षा सुविधाहरूसहितको गाडीहरूमध्ये अग्रपङ्तिमा उभिन्छ। यो प्रिमियम एसयुभिमा ‘भोल्भो इएक्सथर्टि’मा प्रयोग भएको जस्तै उच्च गुणस्तरको सुरक्षित र मजबुत प्लेटफर्म प्रयोग गरिएको छ जसले सुरक्षित, परिष्कृत र प्रिमियम ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

सन् २०१४ मा स्थापित पायोनियर मोटो कर्प प्रा.लि., नेपालमा अग्रणी अटोमोबाइल वितरक हो। शारडा ग्रुपको सहायक(सिस्टर कन्सर्न) कम्पनी रहेको पायोनियर मोटो कर्प, नेपालमा जिकरको लागि आधिकारिक वितरक हो।

प्रकाशित: २०८१ भदौ १९ गते बुधबार ०४:०४
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना