काठमाडौं– नवलपरासी पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
आइतबार राति सुनवल नगरपालिका- १२ फरौली र रामग्राम नगरपालिका-११ को सिमानास्थित भित्री सडकमा लु१७प ८७८८ नं. को मोटरसाइकल दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर भएका चालक सुनवल-९ स्वाठीका करिब २६ वर्षका रामनाथ कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको शव पोष्टमार्टमका लागि परासी अस्पतालमा राखिएको छ।


