ललितपुर- ललितपुरको जावलाखेलमा गुडिरहेको हायसमाथि पोल खसेको छ।
जावलाखेलस्थित नेपाल टेलिकमको कार्यालय पछाडि सडकमा विद्यार्थी बोकेर गुडिरहेको हायसमाथि पोल ढलेको हो।
प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीलेका पोलले लागेर गाडीमा क्षति पुगेको भएपनि मानवीय क्षति भएको छैन।
विद्यार्थीलाई अर्को गाडीमा राखेर पठाइसकिएको छ।
हायसमा सानेपाको फोनिक्स स्कूलका विद्यार्थी सवार थिए।


