जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका-२४ का वडाध्यक्ष, वडासचिव र कार्यालय सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले घुससहित नियन्त्रणमा लिएको छ।
वडाध्यक्ष उपेन्द्र सहनी, वडाध्यक्ष उपेन्द्र साह र सहयोगी विजय मण्डललाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।
वडाध्यक्ष सहनी र वडासचिव साहले सहयोगीमार्फत् ४ लाखभन्दा बढी घुस लिएका थिए।
पक्राउ परेका वडाध्यक्ष सहनी नेकपा एमालेबाट निर्वाचित हुन्।


