काठमाडौं। हिरोका मोटरसाइकल तथा स्कुटर खरिदमा नेटा भी कार जित्न सकिने भएको छ।
नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले चाडपर्वलाई लक्षित गर्दै ल्याएको ‘एक्कासी मालामाल’ अफर अन्तर्गत हिरोका मोटरसाइकल तथा स्कुटर किन्दा बम्परमा कार जित्न सकिने भएको हो।
कम्पनीले ‘दशैं, तिहार २०८१ को बहार दुई चक्के किन्दा चार चक्के उपहार’ नारासहित उक्त अफर ल्याएको हो।
साथै, यसअफर अन्तर्गत एक्साइटमेन्ट, एड्भेन्चर र अपार पुरस्कारमा ग्राहकले अन द स्पट ८ हजारदेखि ५ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन्।
ग्राहकले आफूसंग भएको जुनसुकै ब्राण्डको पुरानो दुईपाङग्रे साधनसंग हिरोको मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज पनि गर्न सक्ने कम्पनीले जनाएको छ।
यो अफर हिरोका आधिकारिक शोरुमहरूमा सीमित अवधिसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ।


