काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन्।
गृह मन्त्रालयले काठमाडौंसहित ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको हो।
जयनारायण आचार्यलाई काठमाडौँको सीडीओ बनाएर ल्याइएको छ।
काठमाडौँमा सीडीओ रहेका जितेन्द्र बस्नेतलाई गृह मन्त्रालयमा तानिएको छ।
यसअघि आचार्य उनी कारागार व्यवस्थापन विभागका महानिर्देशक थिए।
गृहका किरण थापालाई सिन्धुपाल्चोकको सीडीओ बनाइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।
सिन्धुलीमा लीला शर्मा, अर्घाखाँचीमा बाबुराम अर्याल र प्युठानमा रमा आचार्य सुवेदीलाई सीडीओ बनाएर पठाइएको छ।
प्यूठानका सीडीओ नारायणप्रसाद अर्याललाई गृहमा तानिएको छ। सिन्धुली र अर्घाखाँचीमा सीडीओ पद रिक्त थियो।


