विराटनगर- मोरङमा करेन्ट लागेर दम्पतीको मृत्यु भएको छ। बूढीगंगा गाउँपालिका-५ नयाँटोलमा करेन्ट लागेर उनीहरूको मृत्यु भएको हो।
मृत्यु हुनेमा भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र ७२ वर्षीय कुमादेवी मण्डल छन्।
भारतीय दम्पती बूढीगंगा–५ का देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिएर खेतीपाती गर्दै आएका थिए।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार विद्युत प्रवाह भइरहेको मोटर चलाएर पानी तान्ने क्रममा क्रममा दुवै जनालाई बिहान ११ः५० बजेतिर करेन्ट लागेको थियो।
करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो।


