काठमाडौँ– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (एनएसी-नेपाल एयरलाइन्स)को वाइडबडी ए–३३० जहाज मर्मतपछि बिहीबार काठमाडौँ आइपुगेको छ।
विस्तृत परीक्षण विस्तृत परीक्षण (सी-चेक)का लागि असार ८ गते मा इटली लगिएको एन-ए-एल-वाई कलसाइनको जहाज बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय जहाजस्थलमा अवतरण गरेको निगमका प्रवक्ता रमेश पौडेलले बताए।
निगमसँग अब दुई वटा न्यारोबडी र एक वाइडबडी गरी ३ वटा जहाज उडानयोग्य अवस्थामा आएका छन्।
निगमको अर्को वाइडबडी जहाज पनि सी-चेकका लागि इटली लगिएको छ।
निगमसँग अन्तर्राष्ट्रिय उडान गर्ने ४ वटा एयरबसका जहाज छन्। यीमध्ये दुई न्यारोबडी र दुई वाइडबडी हुन्।


