काठमाडौँ- साउनभर पशुपति क्षेत्रमा लगाइएको पशुपति कोटीहोममा ७३ लाख घाटा भएको विवरण आयोजकले प्रस्तुत गरेको छ।
बिहिबार पत्रकार सम्मेलन गरी मानव सेवा फाउन्डेसनले कोटीहोमको आयव्यय सार्वजनिक गरेको हो।
एक महिनासम्म कथावाचनलगायका कार्यक्रममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा नगद र द्रव्यदान संकलन भएको आयोजक संस्थाका मुख्य संकल्पकर्ता विजयकृष्णमुर्तिले बताएका छन्।
तर २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उनको भनाइ छ। कोटीहोममा आफूहरूलाई ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको कृष्णमूर्तिको दावी छ।
महायज्ञमा कबोल भएकोमध्ये डेढ करोडदेखि २ करोड रुपैयाँ आउन बाँकी रहेको उनको भनाइ छ।


