धनकुटा- धनकुटाको महालक्ष्मी नगरपालिका–१ स्थित कटहरेमा एक व्यक्तिले खुकुरीले हानेर श्रीमतीको हत्या गरेका छन्।
स्थानीय २९ वर्षीया विजय दर्जीले २५ वर्षीया श्रीमती सरिता दर्जीको हत्या गरेका हुन्।
शनिबार राती करिब ११ बजे विजयले सरितामाथि खुकुरी प्रहार गरेको धनकुटा प्रहरीले जानकारी दिएको छ।
खुकुरी प्रहारबाट गभ्मीर घाइते भएकी सरिताको आइतबार बिहान ४ बजे जिल्ला अस्ताल धनकुटामा उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनका अनुसार सामान्य घरझगडा भएपछि विजयले सरितामाथि खुकुरी प्रहार गरेका थिए।
विजयले श्रीमतीलाई आक्रमण गरेपछि आफैंलाई पनि खुकुरीले हानेका थिए।
विजय घाइते छन्। उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।
उनीहरूका दुई छोरी छन्। कान्छी ५ वर्षीया छन् भने ठूलीको उमेर ११ वर्ष छ।


