काठमाडौँ- सरकारले ४० जना सहसचिवको सरुवा गरेको छ। बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
नयाँ सरुवा सुचीअनुसार काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ल्याइएको छ।
परियारको स्थानमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईँलाई पठाइएको छ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्याकृष्ण थापालाई गृह मन्त्रालयमा तानिएको छ।
राष्ट्रिय दलित आयोगमा सचिव शिवराज चौलागाईलाई पोखरा महानगरमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाइएको छ।


