एनसेल आजियाटा लिमिटेडले विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते कन्सर्ट गर्ने भएको छ। कार्यक्रममा चर्चित कलाकार तथा सांगीतिक समुहका प्रस्तुती रहनेछन्। कार्यक्रम दिउँसो २ बजे देखि बेलुका ९ बजेसम्म जारी रहने एनसेलले जनाएको छ।
कार्यक्रममा दिपक बज्राचार्य र रिदम ब्यान्ड, आषिश राना (लाउरे), शिव परियार, द एलिमेन्ट्स, अस्मिता अधिकारी, सुनिल पण्डित, कलाकार केकी अधिकारीले प्रस्तुती दिनेछन्। यो कन्सर्ट एनसेलको फेसबुक पेजबाट लाइभ हुनेछ।
कन्सर्टमा सहभागी हुन इच्छुकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताको एनसेल पसल एपबाट अन्तर्राष्ट्रिय कलिङ्ग प्याक, सहयात्री सिम खरिद वा ब्यालेन्स रिचार्ज गरि यस कन्सर्टको टिकट निःशुल्क पाउन सक्छन् ।


