धनगढी– कैलाली कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ।
हाडनाता करणी मुद्दामा कारागार चलान भएका घोडाघोडी नगरपालिका-४ का २३ वर्षीय दीपक बिकको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ।
दिउँसो साढे ३ बजे उनी शौचालयमा लडेको अवस्थामा भेटिएका थिए।
उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। ‘उपचारका क्रममा अस्पतालमै उनको मृत्यु भयो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहोराले भने।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


