काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ।
प्रज्ञा प्रतिष्ठान कमलादीमा बुधबारसम्म भेला जारी रहनेछ। बिहान ८ :४५बाट भेलाको उद्घाटन हुनेछ।
रास्वपाका अनुसार उक्त भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता, उम्मेदवार क्लब/लिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुनेछ।
उक्त भेलाबाट पार्टीले राष्ट्रिय अभियान घोषणा र प्रथम महाधिवेशनको मिति तय गर्नेछ।
भेलामा देशभरबाट १५०० बढी प्रतिनिधि सहभागी हुनेछन्।


