काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बालेनको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरूलाई अहिले प्रहरी वृत्त जनसेवामा राखेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेका अनुसार स्थानीयसँग झडप हुन सक्ने भएकाले उनीहरुलाई नियन्त्रणमा लिइएको हो।
वसन्तपुरमा जारी इन्द्रजात्रामा आज विशेष कार्यक्रम हुँदैछ।
कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायत उच्चपदस्थहरू सहभागी हुँदैछन्।


