२०८३ साउन १३ गते बुधबार

होटल एटिक इन सञ्चालनमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २
attic2-1024×622

काठमाडौँ- होटल बुकिङ र व्यवस्थापनसम्बन्धी काम गर्दै आएको ट्राभियालिटी नेपालले काठमाडौँमा आफ्नै होटल सञ्चालनमा ल्याएको छ।  काठमाडौँको सिनामंगलमा ‘एटिक होटल इन’ नाममा कम्पनीले होटल सञ्चालनमा ल्याएको हो।

गैरआवासीय नेपालीले होटल व्यवस्थानसम्बन्धी तालिम दिन र डिजिटल प्रचारको काम गर्न ट्राभियलिटीले सञ्चालनमा ल्याएका थिए। सोही कामलाई विस्तार गर्दै कम्पनीले आफ्नै होटल सञ्चालनमा ल्याएको कम्पनीका स्टाट्रेजी अफिसर सोमनाथ सापकोटाले जानकारी दिए।

मंगलबार औपचारिक कार्यक्रम गर्दै एटिक होटल इनको शुभारम्भ गरिएको हो। नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल) र होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाहले संयुक्त रुपमा एट्टिक होटल इनको शुभारम्भ गरेका थिए।

उक्त अवसरमा पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीले पर्यटन क्षेत्रको प्रवर्द्धनमा विभागले निजी क्षेत्रसँगको साझेदारिता र सहयोग अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे। उनले बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गरेर पर्यटकीय पूर्वाधारको प्रभावकारी सदुपयोग गरिनुपर्नेमा जोड दि।

बोर्डका उपाध्यक्ष सापकोटाले होटल पूर्वाधारमा भित्रिएका ब्राण्डले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। हानका अध्यक्ष शाहले नेपालमा धमाधम तारे होटल तथा चेन होटल थपिरहेको भन्दै ३५ लाख पर्यटक धान्ने हालको होटल पूर्वाधारको उपयोग हुनुपर्ने धारणा राखेका थिए।

होटल सञ्चालन गर्ने कम्पनी ट्राभियलिटीका स्टाट्रेजी अफिसर सापकोटाले पछिल्ला दिनमा अन्तर्राष्ट्रिय होटल ब्रान्ड भित्रिरहेका र यसले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

नेपालको पर्यटन क्षेत्रको सुधारसँगै होटलका सेवा सुविधा सुधार गरी विद्यमान ३० देखि ४० प्रतिशतको हाराहारीमा रहेको ‘अकुपेन्सी’ दरलाई सुधार गर्ने उद्देश्यले ट्राभियालिटी सञ्चालनमा ल्याइएको हो।

ट्राभियलिटीले  फ्रेन्चाइज मोडलमा होटलहरूको ‘रिजर्भेसन सिस्टम’ सञ्चालन गर्दै आएको छ। यसले सबै प्रकारका होटलको व्यवस्थापन, प्रवर्द्धन र बजार व्यवस्थापन, गुणस्तर अभिवृद्धिका लागि तालिमसमेत प्रदान गर्दै आएको सापकोटाले जानकारी दिए।

कम्पनीले होटल राइनोको व्यवस्थापनमा अमेरिकी ब्राण्ड बेस्ट वेस्टर्न प्लस भित्र्याएको छ। यो होटल आगामी अक्टोबरबाट सञ्चालनमा आउने छ।

ट्राभियालिटीले हाल नेपालका ३ दजन भन्दा बढी होटललाई सेवा प्रदान गर्दै आइरहेको छ। आगामी एक वर्षमा एक हजारभन्दा बढी होटललाई जोडने लक्ष्य कम्पनीले राखेको छ।

प्रकाशित: २०८१ असोज २ गते बुधबार ०९:११
प्रतिक्रिया

थप समाचार

तोलामा ४३ सयले सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँः आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार...

रश्मी मृत्यु प्रकरणः निष्पक्ष छानबिन गर्न कर्मचारी संघको माग

काठमाडौँः नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले सानिमा क्यापिटलका कम्प्लायन्स अफिसर रश्मी रिजालको मृत्यु प्रकरणको निष्पक्ष, स्वतन्त्र र वैज्ञानिक छानबिन गर्न सरकारसँग माग गरेको छ। संघले...

ई–कमर्समा नयाँ अभ्यासः उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

काठमाडौँ: नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ आगामी साउन १३ गते हुने भएको छ। नेपाली उपभोक्ताले कारखानाबाट आफ्नो घरसम्म पुग्ने क्रममा हुने अनावश्यक...

नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने

काठमाडौँ: नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वास्थ्य सेवामा सहुलियत दिने उद्देश्यले काठमाडौंको पुतलीसडकस्थित ओरल एन्ड डेन्टल क्लिनिक प्रालिसँग विशेष साझेदारी गरेको छ। सम्झौताअनुसार...

सानिमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा २.८३ अर्ब

काठमाडौँः सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना