काठमाडौं – मंगलबार आयोजित आयरल्यान्ड र बंगलादेशबीचको पहिलो एकदिवसीय खेल लगातार वर्षाका कारण रद्द भएसँगै २०२३ आइसिसी पुरुष क्रिकेट विश्वकपमा छनोट खेल्ने १० टिमको टुंगो लागेको छ।
यता विश्वकपमा स्वत छनोट हुने ८ टिमको टुंगो लागेसँगै छनोट खेल्ने टिमको पनि पक्कापक्की भएको हो। मंगबारको खेल रद्द भएसँगै दक्षिण अफ्रिकाले विश्वकपमा छनोट भएको छ भने आयरल्यान्डले अब छनोट खेल्नुपर्ने भएको छ।
यही वर्ष भारतमा आयोजना हुने विश्वकपमा भारत आयोजककै रुपमा सहभागी हुनेछ भने उसले छनोछ पनि पार गरिसकेको छ। सहभागी हुने बाँकी देशहरुमा न्यूजिल्याण्ड, इंग्ल्याण्ड, अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, दक्षिण अफ्रिका रहेका छन्।
त्यो विश्वकपको लागि आगामी जुनमा जिम्बाबेमा छनोट खेल हुनेछ। यो छनोटमा चार वटा टेस्ट टिमले खेल्दैछन्। जहाँ नेपालले पनि प्रतिस्पर्धा गर्नेछ। त्यो प्रतियोगितको लागि वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड सँगै नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका र युएई रहेका छन्।
टेस्ट नेसन्सले खेल्ने आईसीसी सुपर लिग तालिकाको अन्तिम पाँचमा रहेर पाँच टिम ग्लोबल छनोटमा पुगेका थिए। ति टिमहरुमा वेस्ट इन्डिज, श्रीलंका, आयरल्यान्ड, जिम्बावे र नेदरल्याण्ड्स रहेका छन्।
यता विश्वकप लिग २ को शीर्ष तीनमा रहेर स्कटल्यान्ड, ओमान र नेपालले विश्वकप छनोटमा स्थान सुरक्षित गरेका हुन्। बाँकी दुई टिम भने प्ले अफबाट छनोटमा पुगेका हुन्। नेपालले लिग २ मा औषत सुरुआत गरेर बीचमा खराब प्रदर्शन गरे पनि सानदार अन्त्य गर्दै विश्वकप छनोटमा स्थान पक्का गरेको थियो।
जिम्बाबेमा हुने १० टिमको विश्वकप छनोटबाट दुई टिम विश्वकपमा पुग्नेछन्। अब यि १० टिमलाई पाँचपाँच टिमको दुई समूह बनाइनेछ। ति टिमले लिग खेलेपछि सुपर सिक्सको प्रतियोगिता हुनेछ। दुवै समूहमा अघि रहेका तीन टिम सुपर सिक्समा पुग्नेछन्।
सुपर सिक्समा पनि लिग चरणका खेल सकिएपछि शीर्षस्थानमा रहने दुई टिमले विश्वकप खेल्न पाउनेछ।


