काठमाडौँ- राजधानीको दरबारमार्गमा जारी नेशनल डे कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली पनि पुगेका छन्।
प्रधानमन्त्री ओली बिहीबार साँझ दरबारमार्ग पुगेर संविधान दिवसको अवसरमा नागरिक स्तरबाट आयोजना गरिएको कन्सर्टमा सहभागी भएका हुन्।
कन्सर्टमा पुगेर उनले संविधान दिवसको शुभकामना दिएका थिए।
ओलीले हातमा नेपालको राष्ट्रिय झण्डा समातेका थिए।
उनीसँगै पत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेललगायत उपस्थित थिए।
यस्तै गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री विद्या भट्टराई पनि कन्सर्टस्थल पुगेका थिए।
नागरिक स्तरबाट कन्सर्ट सञ्चालन गर्ने भनिए पनि सरकारले यसको समन्वय गरेको हो।
कन्सर्टमा युवाहरु नेपाली झन्डासहित पुगेका छन्।
कन्सर्टमा प्रमोद खरेल, सुगम पोखरेल, आनन्द कार्की, कुन्ती मोक्तान, देविका वन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान लगायतले प्रस्तुति छ।
कुटुम्ब ब्यान्डलगायत कलाकार र सेलिब्रेटीसमेत सहभागी हुने आयोजकले जानकारी दिएका छन्।


