काठमाडौँ– नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ।
केन्द्रीय निर्वाचन समितिले शुक्रबार सूचना जारी गर्दै निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो। महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी असोज १२ गते मतदान गर्ने तयारी थियो।
आज उम्मेदवारको मनोनयन दर्ता थियो।
अब गरी अर्को सूचना जारी नभएसम्मका लागि निर्धारित सबै कार्यक्रम स्थगित भएको छ।



