काठमाडौं- एनसेलले कुनै पनि इन्टरनेट कम्पनी खरिद नगरेको जानकारी दिएको छ। एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गरेको दाबी गर्दै मिडियाले समाचार प्रकासन गरेपछि एनसेलले ती समाचार अपरिपक्व र अनुमानमा आधारित आएको समेत दावी गरेको छ।
नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसँग मेल खानेगरी आवश्यक निर्णय हुने कुरा सुनिश्चित गर्नु एनसेलको लक्ष्य रहेको पनि उल्लेख गरेको छ।
एनसेलले नेपालमा बढ्दो डिजिटल इकोसिस्टममा योगदान पु¥याउन निरन्तर कार्य गरिरहेको छ। आफ्ना सेवाहरु विस्तार गर्दै आम उपभोक्तादेखि व्यापार व्यवसायलाई सशक्त बनाउँदै अन्ततः थप कनेक्टेड र डिजिटल रूपमा समावेशी नेपालको विकासमा योगदान दिन सक्ने कुरामा विश्वस्त रहेको पनि उल्लेख गरेको छ।
एक जिम्मेवार सेवा प्रदायकको रूपमा, एनसेलले सधैं पारदर्शिता र सबै सरोकारवालाहरूमाझ सही सूचना प्रवाहलाई प्राथमिकता दिदै आएको छ। विकसित घटनाक्रम अनुसार आवश्यक समयमा उपयुक्त जानकारीहरु प्रदान गर्दै जाने पनि एनसेलले बताएको छ।
