काठमाडौँ- इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौ दिन श्वेतभैरव (हाथु द्यः)को मुखबाट बसन्तपुरमा ‘हाथु हायेकेगु’ प्रसाद खान महिलाहरुले तछाडमछाड गरेका छन्।
‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः) को मुखबाट प्रसादका रूपमा महिलालाई जाँड खुवाउने चलन छ।
वर्षभरि हनुमानढोकास्थित बन्द हुने श्वेतभैरव येँया पुन्ही (इन्द्रजात्रा) समयमा मात्र पूरा खुल्ला गरिन्छ।
द्वादशीको दिन यः सिं (लिङ्गो) ठड्याएपछि इन्द्रजात्रा सुरु हुन्छ।
यसै दिनबाट जात्रा नसकिदाँसम्म श्वेतभैरव प्रसादका रूपमा ‘हाथा हायकेगु’ हुन्छ।
सात दिनसम्म चल्ने यो जात्रा अवधिभर भैरव को मुख देखी जाँड–रक्सी पिलाइन्छ।
अरु दिन सबै जना को लागी खुवाउने भए पनि एक दिन चाहिँ महिला हरुको लागि मात्र खुल्ला गरिन्छ।
भैरवको मुखबाट आएको जाँड पिउने सक्ने मान्छे स्वस्थ हुने, बिरामी नहुने र हृष्टपुष्ट हुने जनविश्वास रहिआएको छ।
तस्बिर : नेपाल फोटो लाईब्रेरी
