काठमाडौं। दसैंतिहारलगायतका चाडमा डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न नेपाल पे इन्स्ट्यान्टले कुनै शुल्क बिना नै फन्ड ट्रान्स्फर गर्न सकिने सुविधा ल्याएको छ।
नेपाल पे इन्स्ट्यान्टको सुविधा उपलब्ध रहेको बैंक वित्तीय संस्थाका मोबाइल बैंकिङ ग्राहक र कनेक्टआइपीएस प्रयोगकर्ताले असोज ३० गतेसम्मका यस्तो सुविधा पाउने भएका छन्।
नेपाल पे इन्स्ट्यान्ट मार्फत २६ बैंक वित्तीय संस्थाहरुमा फन्ड ट्रान्स्फर गर्दा अब पैसा तिर्नुपर्दैन।
नेपाल पे इन्स्ट्यान्ट एक प्रोक्सीको आधारमा डाइरेक्ट क्रेडिट उपकरण हो।
जसमा लाभग्राहीको भर्चुअल प्राइभेट एड्रेस (भीपीए)को आधारमा फन्ड ट्रान्स्फर गर्न सकिन्छ।
हाल नेपाल पे इन्स्ट्यान्टको सुविधा कनेक्ट आईपीएस तथा कृषि विकास बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक, गरिमा विकास बैंक तथा साग्रिंला विकास बैंकका मोबाइल बैंकिङ एपहरुमा उपलब्ध छ।


