काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य टीका (ज्वाला) संग्रौलाको जाहेरीमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ।
साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि म्याद थप गर्न माग गर्दै प्रसाईंलाई प्रहरीले अदालत पुर्याएको हो।
प्रसाईंलाई साइबर ब्युरोबाट अस्पताल पछि अदालत ल्याइएको हो।
अदालत ल्याउने क्रममा नाराबाजी गर्ने ४ जनालाई प्रहरीले गिरफ्तार गरेको छ।
‘फेक न्युज’को सिकार भए दुर्गा प्रसाईं, रास्वपाकी ज्वालाको जाहेरीमा पुगे हिरासत


