काठमाडौं- महालक्ष्मी साहित्य पुरस्कार २०८० मुना अर्याललाई प्रदान गरिएको छ। शनिबार एक कार्यक्रमका बीच महाकाव्यकार अर्याललाई प्रदान गरिएको हो।
तत्कालिन यती फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर भएको) बाट भाषा, साहित्यको क्षेत्रमा योगदान पुर्याउने साहित्यकारहरुलाई सम्मान गर्नुपर्छ भन्ने प्रमुख उद्धेश्यका साथ वि.स. २०५९ सालमा स्थापित यस पुरस्कार यस वर्ष मातृभूमि साहित्य समाज, मकवानपुरको संयोजनमा साहित्यकार मुना अर्याललाई प्रदान गरिएको हो।
मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षता तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा उक्त पुरस्कार प्रदान गरिएको हो।


