काठमाडौँ- टोखाको गहनापोखरीमा डुबेर चार वर्षीया बालिकाको मृत्यु भएको छ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ घर भई बस्दै आएकी दुर्गा सहनीकी चार वर्षीया छोरी गुराँस सहनीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्गा टोखा–८ जल्पाचोकमा बस्दै आएकी थिइन्।
बालिका आइतबार दिउँसो पोखरीमा डुबेकी थिइन्।
उनको आइतबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ।


