गुल्मी- सुख्खा पहिरोमा परी एक महिला बेपत्ता भएकी छन्।
गुल्मीको मालिका गाउँपालिका-२ सिम्ले निवासी ६९ वर्षकी टनी पुन बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलका अनुसार पुन जुल्सेस्थित मनकामना सामुदायिक वनमा गोरु चराउन गएकी थिइन्।
वनमा ६ सय मिटर माथिबाट ठूलो सुख्खा पहिरो आएको थियो। पुन सोही पहिरोमा पुरिएको आशंका प्रहरीले गरेको छ।
बेपत्ता महिलाको खोजी भइरहेको पोखरेलले बताए। दुई वटा गोरु मृत अवस्थामा फेला परेका छन्।


