काठमाडौँ- हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणका लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ।
कम्पनीले सार्वजनिक निष्काशन मार्फत सर्वसाधारणलाई २० लाख ७५ हजार कित्ता साधारण सेयर निकासन गर्ने भएको हो।
कम्पनीले आईपीओ निष्काशनका लागि एनएमबी क्यापिटललाई धित्तोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
सम्झौतापत्रमा हुलास फिनसर्भ हायर पर्चेजका अध्यक्ष शेखर गोल्छा र एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेशकुमार वैद्यले हस्ताक्षर गरे।
नियामक निकायबाट तोकिएका सबै पूरा गरी आईपीओ निष्काशन प्रक्रिया अगाडि बढाइने गोल्छाले बताए।
हुलास फिनसर्भ नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको गैर–बैंकिङ वित्तीय कम्पनी हो।
यस कम्पनीले सन् २०१२ देखि ग्राहकलाई हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ।


