काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदीय छानबिन समितिले गरेका सिफारिस कार्यान्वयन गर्न आफू तयार रहेको बताएका छन्।
मंगलबार साँझ फेसबुक लाइभबाट लामिछानेले आफू ग्यालेक्सी टेलिभिजनमा रहँदा भएको ‘आर्थिक अपचलन’को जिम्मेवारी लिन तयार रहेको बताएका हुन्।
‘कानुनी प्रक्रियामा मेरो पूर्ण समर्थ छ। म तयार छु म हिरासत पुग्नुपर्छ कि थुनिनु पर्छ कि म तयार छु। तर सही मुद्दामा। झुक्याएर होइन,’ उनले भने।
सहकारीबाट अरू सञ्चारमाध्यममा पनि पैसा आएको खुलेकाले उनीहरू पनि कारबाहीको दायरमा आउनुपर्ने उनको भनाइ छ।
आफूविरुद्ध षड्यन्त्र भए देशभरका कार्यकर्तालाई प्रतिवाद गर्न उनले अपिल गरे।
‘अदालतले, प्रतिवेदनले, सभापतिले, विभिन्न जिल्लाका प्रहरीले, महान्यायाधिवक्ताले, प्रधानमन्त्रीले, पूर्वप्रधानमन्त्रीले स्पष्ट र लेखेर भनिसकेपछि पनि मलाई संगठित अपराधमा भोलि राजनीति नै गर्न नसक्ने मान्छे पो बनाउन सकिन्छ कि भन्ने ढंगले छड्के आँखा, त्यस्तो किसिमको गलत क्रियाकलाप, त्यस्तो किसिमको गलत षड्यन्त्र गर्न खोजिएको खण्डमा म देशैभरिका साथीहरूलाई ‘अलर्ट’ रहन अपिल गर्न चाहन्छु,’ उनले भने।
उनले आफूलाई पक्राउ गर्ने उद्देश्यले नै छविलाल जोशीलाई पक्राउ गरिएको छ।


