काठमाडौँ- काठमाडौँमा डेंगुका बिरामी बढेका छन्।
असोज सुरु भएसँगै काठमाडौँ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुग्ने बिरामीको संख्या बढेको हो।
अस्पतालमा आकस्मिक कक्षका इन्चार्ज भालेश्वर यादवका अनुसार अस्पतालमा १० दिनयता डेंगु संक्रमितको संख्यामा उल्लेख वृद्धि भएको छ।
‘असोज १ गते ११ जना, ३ गते जना २३ डेँगुका बिरामी भर्ना भएका छन्,’ उनले भने, ‘यो अघिल्लो महिनाको तुलनामा निकै बढी हो।’
उनका अनुसार २ गते ३ जना, ४ गते २८ जना, ५ गते १९ जना र ६ गते १७ जना आकस्मिक कक्षमा भर्ना भए।
साउनभरमा ११ र भदौ महिनाभरमा ५३ जना मात्रै डेंगुका संक्रमित भर्ना भएका थिए।
गत पुसदेखि सुरु भएको डेंगुको संक्रमणका कारण ११ हजार ५४५ जना संक्रमित भइसकेका छन् भने ६ जनाको मृत्यु भएको छ।









तस्बिर : नेपाल फाेटाे लाइब्रेरी


