कैलाली- मौसम पूर्वानुमान महाशाखाले भारी वर्षा हुने प्रक्षेपण गरेपछि कैलालीका पालिका र वडाहरूले तत्काल धान नकाट्न माइकिङ गरेर सूचना दिन थालेका छन्।
महाशाखाबाट भारी वर्षाको प्रक्षेपण सार्वजनिक भएपछि काटिसकेको धान भए तत्काल भित्र्याउन पनि अनुरोध गरेका छन्।
धनगढी उपमहानगरपालिकाले वडा–वडा माइकिङ गरी धान काटेको भए भित्र्याउन र पाकेको भएपनि तत्काल नकाट्न माइकिङ गरी अनुरोध गरिरहेको छ।
दाङको गढवा गाउँपालिकाले सूचना जारी गरी काट्न बाँकी भएको भए तत्काल नकाट्न किसानलाई अनुरोध गरेको छ।
महाशाखाले असोज ७ गते सूचना जारी गरी असोज १२ गतेसम्म भारी वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको थियो।
सोही सूचनालाई आधार बनाएर पालिकाहरूले माइकिङ गर्न थालेका हुन्।



