दाङ- दाङमा चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
घोराही उपमहानगरपालिका-११ खुङकोटका ३ वर्षीय समीर साहुको मृत्यु भएको हो।
समीरकी आमा निमकला र दिदी सविना घाइते छन्।
एकै परिवारका उनीहरूलाई घाइते अवस्थामा उद्धार गरी सुरूमा तुलसीुपरस्थित राप्ती प्रादेशकि अस्पताल लगिएको थियो।
समीरको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।
अस्पताल पुर्याउनासाथ चिकित्सकले ३ वर्षीय समिरलाई मृत घोषणा गरेका थिए।
पछि आमाछोरीलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार मंगलबार दिउँसो घरमै बसिरहेका बेला उनीहरूलाई चट्याङ लागेको थियो।


