काठमाडाैँ- विदेशमा कमाएको रकम आइएमई गरेकी सेवाग्राही प्रमीला रोकायाले १ करोड रूपैयाँ नगद जितेकी छन्। जापानको क्योदाइबाट रोकायाले आइएमई मार्फत रकम पठाएकी उनले एक करोड रुपैयाँ जितेकी हुन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा आइएमई ब्राण्ड एम्बेसडर दीपाश्री निरौलाले सार्वजनिक रूपमा लक्की ड्र मार्फत भाग्यशाली सेवाग्राहीको नम्बर छनोट गरेकी हुन्।
आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली सेवाग्राही प्रमीला रोकायलाई बधाई ज्ञापन गर्दै आइएमई प्रति सेवाग्राहीहरूको विश्वासका लागि आभार व्यक्त गरे।
आईएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिट्यान्समार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षको दशैं अगाडि ‘आईएमई गरौं, करोडपति बनौं’ योजना सञ्चालन गरेको थियो।
आईएमई एक वर्षअघि विदेशमा कमाएको रकम औपचारिक माध्यम आईएमई गरी रकम पठाउने सेवाग्राहीहरू मध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो। सँगसगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गरेका थिए।
आईएमई गरी आईएमई पे वालेट, बैंक खातामा जम्मा गर्ने तथा आईएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू योजनामा सहभागी थिए।
‘आईएमई गरौं, उद्यमी बनौं’ योजना सार्वजनिक
आइएमइले विदेशमा कमाएको रकम औपचारिक माध्यम–रेमिटेन्स मार्फत रकम पठाउन र रेमिट मार्फत प्राप्त रकम उद्यमशिलता लगाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजना पनि सार्वजनिक गरेको छ।
यो योजनामा आइएमई गरी रकम पठाउने सेवाग्राहीहरूको ३ जनाले उद्यमशील बन्न सहयोग पुग्ने गरी दोस्त पिक अप ट्रक जित्ने छन्।
सँगसँगै प्रत्येक दिन, प्रत्येक हप्ता र प्रत्येक महिना एक/एक जनाले आकर्षक उपहार र हरेक तीन/तीन महिनामा बम्पर उपहार जित्न सक्नेछन्।
यसैगरी दसैं, तिहार तथा छठ पर्व लक्षित ’यो चाडपर्वमा आइएमई गरौँ, उद्यमी बनौँ’ भन्ने योजना अन्तर्गत सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने छन्।
दैनिक पुरस्कारमा आइएमईको अफर आफ्नो सामाजिक सञ्जालमा प्रवर्द्धन गर्ने एक जना भाग्यशाली विजेताले अल्टिमाको इअर वड प्राप्त गर्नेछन्।
हरेक हप्ता एक जना विजेताले डिएच आइ होम अप्लाइन्सेसका घरायसी प्रयोगका सामानहरू टिभी, रेफ्रिजेरेटर अथवा वासिङ मेसिन प्राप्त गर्नेछन्। यस योजनामा १२ जना विजेता हुनेछन्।
मासिक योजनामा एक जना विजेताले प्रत्येक महिना आइफोन १६ प्राप्त गर्नेछन्। यसमा तीन जना विजेता हुने कम्पनीको भनाइ छ।
बम्पर पुरस्कारमा भाग्यशाली विजेताले दोस्त पिक अप ट्रक प्राप्त गर्नेछन्। असोजदेखि साउन महिनासम्म लागू हुने यस योजनामा तीन जना विजेताहरूले बम्पर पुरस्कार प्राप्त गर्ने छन्।
योजना सार्वजनिक गर्दै आइएमईका अध्यक्ष हेमराज ढकालले आर्थिक रूपान्तरणको मुख्य स्रोतको रूपमा रहेको रेमिटेन्सलाई उद्यमशीलता अभियानसँग जोडेर अघि बढाउन नयाँ योजना केन्द्रित गरेको बताए।


