काठमाडौँ- जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएको भन्दै ५६ जिल्लामा उच्च जोखिम रहेको भन्दै ‘रेड अलर्ट’ जारी भएको छ।
बुधबार महाशाखाले जारी गरेको विवरणमा गण्डकीको मुस्ताङबाहेक र लुम्बिनीका सबै जिल्लामा रेड अलर्ट जारी गरिएको छ। भारी वर्षाको सम्भावना भएका जिल्लाहरूलाई रेड अलर्टमा राखिएको हो।
मधेशका सप्तरी, सिरहा र पर्सा तथा सुदूरपश्चिमका डोटी, कैलाली र अछाम जिल्ला पनि रेड अलर्ट छ। यस्तै बागमतीको दोलखाबाहेकका सबै जिल्लामा रेड अलर्ट छ।
कोशीका ताप्लेजुङ, संखुवासभा र सोलुमा मध्यम जोखिम हुँदा बाँकी जिल्लामा उच्च जोखिम छ। कर्णालीका मुगु र हुम्लामा निम्न जोखिम छ। डोल्पा कालिकोट र जुम्ला मध्यम जोखिममा छन् भने बाँकी उच्च जोखिममा छन्।
महाशाखाले असोज ७ गते जारी गरेको विशेष बुलेटिनमा २७ जिल्लालाई उच्च जोखिमको सूचीमा राखेको थियो। बुधबार जारी बुलेटिनमा ५६ जिल्लामा उच्च जोखिम विस्तार भएको छ।
हेर्नुहोस् जोखिमको सूची-



