काठमाडौँ– नेपाल प्रहरीले कार्यालयमा सम्पर्कमा नआएका २४ जना प्रहरीलाई साताभित्र उपस्थित हुन निर्देशन दिएको छ।
कार्यालयमा हाजिर नहुनुको कारणसहित स्पष्टीकरण दिनेगरी उपस्थित हुन प्रहरी प्रधान कार्यालयले आदेश दिएको हो।
कार्यालयका अनुसार आफूखुसी गैरहाजिर भएको र खोजतलास गराउँदा र सूचना टाँस गर्दा पनि सम्पर्क गर्न नसकिएकाले यो सूचना जारी गर्नु परेको हो।
सूचना अनुसार यदि स्पष्टीकरण सन्तोषजनक नदेखिए प्रहरी नियमावलीअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ।
१९ जना प्रहरी जवानसहित तीन प्रहरी सहायक निरीक्षक र दुई प्रहरी सहायक हबल्दार यसरी सम्पर्कमा नआएका हुन्।
यस्तो छ सूचना

