काठमाडौँ- केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रालिले चाडपर्वलक्षित अफर ‘स्काइवर्थ सपना साकार’ ल्याएको छ। यो अफरमा बम्परमा कार उपहार जित्न सकिने कम्पनीको भनाइ छ।
अफर अन्तर्गत लक्की ड्रमार्फत पहिलो साप्ताहिक भाग्यशाली विजेतालाई उपहार प्रदानसमेत गरिएको छ। काठमाडौँको स्काईवर्थ सोरुमबाट सामान खरिद गरेका सन्देश अधिकारीलाई साप्ताहिक लक्की ड्रमार्फत स्मार्ट एप्लाएन्सस प्रालिले माइक्रोवेभ उपहार प्रदान गरेको हो।
साथै बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले एमजी कमेट ईभी कार जित्न सक्नेछन्छ। ग्राहकहरूले स्काईवर्थका बिभिन्न उत्पादनहरूमा ४०% सम्मको छुटको स्काईवर्थ नेपालले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसनर जस्ता उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधिसहितका होम एप्लायन्सेसहरू उपलब्ध गराउँछ ।
उच्च गुणस्तर र अत्याधुनिक प्रविधिका लागि परिचित स्काईवर्थ उत्पादनहरूले नेपालभरका उपभोक्ताहरूका विश्वास जित्न सफल भएका छन्। यो योजना कार्तिक ३० सम्म लागू कम्पनीले जानकारी दिएको छ।
