२०८३ साउन १३ गते बुधबार

गाउँबाट हरायो पानीघट्ट, सहरमा आकर्षण!

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १०
ghatta

सुर्खेत- पूर्वाधार विकास, सबैखाले सुविधा र आधुनिक जीवनशैली सहरको पहिचान होभन्दा फरक नपर्ला। फेरिएको जीवनशैली, सम्पन्नता र आधुनिकतासँग परम्परागत संस्कार एवं मौलिक अभ्यासहरु करिब अलग्गिएका नै हुन्छन्। सहरमा नवीन सोच, प्रविधि र शैली प्रयोग हुँदै जाँदा गाउँले आफ्नै मौलिकता अङ्गालेको देखिन्छ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर पनि प्रदेशकै एक मात्र सहरका रुपमा परिचित र सम्पन्न नगरपालिका हो जो उपमहानगरोन्मुख अवस्थामा छ। दश जिल्लाका सदरमुकामहरु सहरोन्मुख अवस्थामा छन्। पालिकाका केन्द्रहरु बजारमा रुपान्तरण हुँदैछन्। क्रमिक रुपमा हुँदै गएको विकासले हाम्रा परम्परागत संरचना, अभ्यास र काम गर्ने शैलीमा पनि बदलाव आएको छ।

यही बदलावको समयमा पनि राजधानी सहर वीरेन्द्रनगरमा परम्परागत प्रविधि र अभ्यासको पुनरावृत्ति भएको छ। गाउँमा हराउँदै गएको परम्परागत पानीघट्ट वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतस्थित सहिद पार्कको मूलढोका नजिक सञ्चालनमा छ। यो देख्ने धेरैले अनौठो मान्दै प्रश्न गर्ने गर्छन्, ‘ओहो ! यहाँ पनि पानीघट्ट!’ कसले चलाएको हो? घट्टमा अन्न पिस्न मान्छेहरु आउँछन् र? कहिलेदेखि घट्ट सञ्चालनमा आएको हो? छिटोछरितो हुने मिलमा नपिसेर किन मान्छेहरु पानीघट्ट धाइरहेका छन्?

अचेल गाउँका मान्छे कोदो, मकै, गहुँलगायत परम्परागत अन्न पिस्न मिलमा जाने गर्छन्। उनीहरु त्यसैमा बढी आकर्षित छन्। यद्यपि त्यही रैथाने अन्न पिस्नका लागि सहरका मान्छेहरुको आकर्षण पानीघट्टमा छ। ठीक उल्टो छ। मिलमा जाने रोजगारविहीन गाउँका नागरिक पैसा तिरेर अन्न पिस्छन्। तर रोजगारी तथा प्रतिव्यक्ति आय राम्रै भएका सहरका नागरिक पैसा होइन, चार भाग अन्न पिसेमा सम्बन्धित घट्टधनीलाई एक भाग पीठो दिएर फर्कन्छन्।

घट्टमा पिसेको खाद्य वस्तु स्वादिलो, खँदिलो र शरीरका लागि हितकर हुने भएकाले मान्छेहरुको आकर्षण यसतर्फ बढ्दै गएको मार्सी होटल सुर्खेतका सञ्चालक महाकृष्ण पाण्डेले जानकारी दिए।

‘सुर्खेतमा परम्परागत पानीघट्ट थियो भन्ने मलाई यसअघि थाहा थिएन,’ उनले भने, ‘जब थाहा पाएँ, त्यसपछिका दिनहरुमा मैले कोदो, जौ, गहुँ र मकै पिस्न यही ल्याउँछु। मेरो होटलमा आउने आन्तरिक र बाह्य पाहुनाहरुलाई निरन्तर अग्र्यानिक खाना खुवाउने गरेको छु।’

उनका अनुसार परम्परागत घट्टमा पिसेर आगोमा पकाएको खाना मानव स्वास्थ्यका लागि निकै लाभदायक हुने भएकाले पनि अहिले मान्छेहरुले त्यसरी बनाएको भोजन खोजिरहेका छन्।

मिलमा जाने रोजगारविहीन गाउँका नागरिक पैसा तिरेर अन्न पिस्छन्। तर रोजगारी तथा प्रतिव्यक्ति आय राम्रै भएका सहरका नागरिक पैसा होइन, चार भाग अन्न पिसेमा सम्बन्धित घट्टधनीलाई एक भाग पीठो दिएर फर्कन्छन्।

सहरमा बनाएका भड्किला र पूर्वतयारी एवं पत्रु खानाले अस्वस्थकर दिनचर्या बढ्नाका साथै मान्छेहरु नसर्ने रोगले बढी थलिन थालेका छन्। तर पानीघट्टमा पिसेको अन्नबाट बनेका परिकार अर्गानिक, पोषिलो र मानव उपयोगी हुने धेरैको भनाइ रहेको छ।

गाउँले एकातिर आफ्नो कामको भार कम गर्न चाहन्छ भने अर्कोतिर प्रकृतिप्रदत्त वस्तु मानव जीवनका लागि कति हितकर भन्नेप्रति महत्व दिएको पाइँदैन। त्यसको पहिलो कारण गाउँ आफूले उत्पादन गर्ने वस्तु उपभोगबाट हुने किफायतीबारे सचेत छैन भने दोस्रो कारण हो गरिबी।

गरिबीका कारण उनीहरुलाई भिटामिन, प्रोटिन, कार्बोहाइड्रेड, आइरन, मिनरल्सलगायत सबै मिलेको क्यालोरीयुक्त भोजनभन्दा पेट भर्न पाए हुन्थ्यो भन्ने छ। यसले गर्दा आयातीत र त्यसमा पनि सस्तो चीज किनेर उपभोग गर्छन् भने आफूले उत्पादन गरेका औषधीय गुणयुक्त जैविक उत्पादन बेच्ने गर्छन्। कम उत्पादनमा बढी मूल्य पाउनमै उनीहरु आफूमा खुसी र सन्तुष्टि मिलेको महसुस गर्दछन्।

यसो हुनुमा गाउँले आधुनिक विकासले मानव जीवनशैलीलाई सरल बनाएको अनुभूति गरेको तर मानव अस्तित्वमाथि सङ्कट र चुनौती थपिरहेको मननयोग्य कुरा नबुझेको मध्यपश्चिम विश्वविद्यालय सामाजिक कार्य, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख तथा जलवायु परिवर्तनसम्बन्धीविज्ञ खगेन्द्र अधिकारीले जानकारी दिए। परम्परारगत घट्ट हराउँदै जानुमा हिमालमा पानीको स्रोत घट्नु र विपद् कारण भएको उनले बताए।

‘घट्ट परम्परागत प्रविधि मात्र होइन, वातावरण संरक्षणको एउटा राम्रो उपयोग र आधार दुवै हो,’ विज्ञ अधिकारीले भने, ‘परम्परागत प्रविधिको अस्तित्व काय रहिराख्नु भनेकै वन, वातावरण, वन्यजन्तु र पानीका स्रोतहरुको संरक्षण हो। मानव अस्तित्वको रक्षा गर्नु हो। जलवायु परिवर्तन रोकथाममा सहयोग पु¥याउनु हो। यसले मानव र प्रकृतिबीचको सम्बन्धलाई प्रगाढ बनाउन सघाउँछ।’

पानीघट्ट वातावरण संरक्षणमैत्री भएकोले यसको संरक्षण तथा प्रवद्र्धन हुनुपर्ने राससलाई बताउँदै उनले बरु यसलाई सुधारिएको घट्ट अर्थात आधुनिकीकरण गर्न सकिने प्रतिक्रिया दिए। डिजेल, पेट्रोलको खर्च, घटाउने र त्यहीँबाट बिजुली निकाल्न सकिने भएकाले परम्परागत घट्ट सञ्चालन प्रविधि तथा त्यसबाट प्रशोधन हुने खाद्य पदार्थ मानव स्वास्थ्यका लागि हितकर हुने हुँदा पछिल्लो समयमा आफ्ना अन्न बाली पिस्न डिजेल मिलमा भन्दा घट्टमा जानेको आकर्षण बढ्दो रहेको उनको भनाइ छ।

गाउँमा पानीघट्ट खोज्नुपर्ने परिस्थितिमा सहरमा घट्ट पाउनुलाई दुर्लभ कुरा नै मान्न सकिन्छ। सडक पूर्वाधार जोडिएसँगै पछिल्लो समयमा हिमाली तथा पहाडी भेकमा परम्परागत पानीघट्टहरु हराउँदै गएका छन्। सडकसँगै बिजुली जोडिएपछि त्यहाँका स्थानीयहरु आधुनिक मिलमा आफूले उत्पादन गरेका अन्नबाली पिस्दै आएका छन्।

हिजो खोला किनारमा निर्मित परम्परागत घट्टहरु कताकतैबाहेक आजभोलि देखिन छोडेका छन्। धेरै घट्टहरु बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिका कारण भत्किएका छन्भने गाउँगाउँमा विद्युत् सेवा विस्तारसँगै विद्युत् र कतै डिजेलबाट मिलहरु सञ्चालन हुन थालेपछि परम्परागत पानीघट्ट विस्थापित हुँदै गएका छन्।

घट्ट धनी तिलाराम चालिसेले पानी नियमित नहुँदा बाह्रै महिना सेवा दिन नसकिएको बताउँछन्। ‘मान्छेहरु कोदो, मकै, गहुँ, जौ र भटमास लिएर अन्न पिस्न आइरहन्छन्,’ चालिसेले भने, ‘भदौ र असोज महिनामा अति घुइँचो हुन्छ। घट्टमा पिसेको अन्नको पीठो राम्रो हुन्छ भनेर स्थानीयहरु यहाँ आइराख्छन्।’ यहाँ आउनेहरुले रैथाने अन्न ल्याएर पिस्न आउने गरेको उनले जनाए।

स्थानीय ललिता रिजालले घट्टमा पिसेको खाँदा जस्तो अरूमा स्वाद नमिल्ने गरेको बताए। उनले भने, ‘घट्टमा पिसेको पीठोको स्वादजस्तो राम्रो अरुमा तयार गरिएको कुनै पनि हुँदैन। मिलमा पिसेको स्वादरहित हुन्छ। हामीले पानीघट्टमा अन्न पिसेर दाउरा भएसम्म आगोमा नै पकाएर खाँदै आएका छौँ।’ यसरी खाँदा खाना स्वादिलो, खँदिलो र पाचनयोग्य हुने गरेको रिजालले जनाए।

कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्य हिजोको पुस्ताले प्रयोग गर्ने प्रविधिहरु मानवमैत्री भएको जिकिर गर्छन्। प्रकृतिको काखमा बसेर त्यसले प्रदान गरेका चीजको सदुपयोग गरी साझा प्रयासबाट गरिने उतिबेलाका कर्मले मौलिकता, मान्छेहरुको बीचको सम्बन्ध, आयु र आरोग्य सबै सन्तुलन कायम राखेको उनले बताए।

‘मानव निर्मिति साधन, उपकरण र संरचनाले कामको बोझ घटाएको छ,’ आचार्यले भने, ‘तर प्रकृति विरुद्धका कार्यहरुले मानव अस्तित्व त्यत्तिकै खतरामा पुगेको छ। आधुनिकताको अनुसरण गर्दै गरेको भन्दा यसको चरम स्वाद लिएको हरेक मान्छे र देश अब प्रकृतितर्फ फर्कनुको विकल्प छैन भन्ने निष्कर्षमा पुग्न थालेका छन्।’ जलवायु परिवर्तन अनुकूलनमा पानीघट्टको ठूलो महत्व रहेको उनको भनाइ छ।

अन्न पिस्ने परम्परागत घट्ट, तेल पेल्ने कोल तथा दुनो, धान कुट्ने ढिकी, दाल पिस्ने जाँतोलगायतका पुराना प्रविधिहरु कम खर्चमा प्रयोगमा ल्याउन सकिने र त्यसबाट प्रशोधितले चिजले मानव स्वास्थ्य र प्रकृति संरक्षणमा ठूलो योगदान पु¥याउने भएकाले ती साधन र प्रविधिहरु उपयोगमा ल्याउनुपर्ने विज्ञहरुले सुझाउँदै आएका छन्। -रासस

प्रकाशित: २०८१ असोज १० गते बिहिबार ०१:४०
प्रतिक्रिया

थप समाचार

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी: चाँदीको मुकुट र सुनका गहनासहित बहुमूल्य सामग्री गायब

रौतहट: बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ। गत साउन १० गते आइतबार राति अज्ञात समूहले...

११ करोड २१ लाखमा बनेको देवघाटको शवदाहगृह पीपीपी मोडलमा सञ्चालन गरिने

चितवन: देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी(पीपीपी) ढाँचामा सञ्चालन गरिने भएको छ। शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन...

४ करोड खर्चेर ललितपुरको २१ नम्बर वडामा हुँदैछन् यी कामहरू

काठमाडौँ: ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्षका लागि प्राप्त करिब ४ करोड रुपैयाँको बजेटलाई विभिन्न क्षेत्रका विकास तथा संरक्षण योजनामा विनियोजन गरेको जनाएको छ। वडाले पूर्वाधार...

सुनसरीको देवानगन्जमा कर्फ्यु कायमै

सुनसरी: सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना