दाङ- नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डीमा लागेका सबै ताला खुलेका छन्।
विभिन्न विद्यार्थी संगठनले लगाएको ताला तीन महिनापछि खुलेका हुन्।
बिहीबार सबै संगठन ताला खोल्न सहमत भएका हुन्। विश्वविद्यालयका तर्फबाट गठित वार्ता टोलीका संयोजक जनता विद्यापीठ बिजौरीका प्राचार्य योगराज शर्माले ताला खुलाउने सहमति भएको बताए।
आंशिक प्राध्यापकले पनि ताला लगाएका थिए। तर उनीहरुले यसअघि नै ताला खोलिसकेका थिए।
छलफलपछि विद्यार्थी संगठन ताला खोल्न सहमत भएका हुन्।
विश्वविद्यालयको बेलझुन्डीस्थित केन्द्रीय कार्यालय र आंगिक निकायमा तीन महिनादेखि ताला लाग्दा आर्थिक, शैक्षिक, प्राज्ञिक र प्रशासनीक काम पूर्ण रूपमा प्रभावित भएका थिए।


