काठमाडौँ- एनएमबि बैंकले भविष्यका बैंकिङ क्षेत्रका लिडरलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एनएमबी नेक्टजेन बैंकिङ लिडरसिप स्कलरसिप’ घोषणा गरेको छ।
बैंकले काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत प्रत्येक प्रदेशका एक–एक जना विद्यार्थीलाई यो छात्रवृत्ति प्रदान गरेको छ।
विद्यार्थीहरूमा अग्रीम रुपमा नेतृत्व शैली विकास गर्दा बैंकिङ क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास एनएमबि बैंकले लिएको छ। यस छात्रवृत्तिको मुल उद्देश्य प्रतिभावान विद्यार्थीमा लगानी गरी बैंकिङ क्षेत्रको भविष्य सुनिश्चित गर्नु हो।
दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ को उपाधिबाट सम्मानित भएको बैंक हो।


