२०८३ कार्तिक १५ गते शनिवार

दराजमा दसैँ धमाका, ७० प्रतिशतसम्म छुट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ११
Daraz-Dashain-Dhamaka

काठमाडाैँ- अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले चाडपर्वलक्षित दसैँ धमाका क्याम्पेनको गरेको छ। धमाकामा ७०% सम्म छुट, निःशुल्क होम डेलिभरी र पूर्व भुक्तानीमा रु. २ हजारसम्मको नगद छुट प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

असोज ११ देखि कार्तिक १ सम्म चल्ने धमाका क्याम्पेनमा सहभागी एक जना भाग्यशाली खरिदकर्ताले वानप्लस नर्ड सीईथ्री फाइभजी जित्नेछन्। त्यसैगरी, अन्य तीन जनाले सेटाफिलका तर्फबाट रु १० हजार बराबरको आकर्षक गिफ्ट ह्याम्पर जित्ने मौका पाउने कम्पनीले जानकारी दिएको छ।

उत्पादनहरूको विस्तृत श्रृंखला तथा डिलहरू प्रदान गर्ने ब्रान्डहरूको विशाल चयनका साथ, दशैं धमाका शपिंगका लागि अभूतपूर्व आकर्षक गन्तव्य हो। क्याम्पेन अवधिभर उपभोक्ताहरुले आइविबी, एंकर, एक्वालोजिका, सेताफिल, सिलेन्स्टा, डोभ, सर्फ एक्सेल लगायत सह-प्रायोजकहरुका तर्फबाट उपलब्ध गरिएका अविश्वसनीय डिलहरूको मज्जा लिन सक्नेछन्।

त्यस्तै अस्टावोल्फ, मामाअर्थ, नेपाल टी एक्स्चेन्ज, रोट्टो मेन्थालेटम, स्ल्याजेन्गर, टेक्नो, ह्वाइट मून, एक्स्–एज लगायत ब्रान्ड साझेदारहरूका तर्फबाट विशेष अफरहरु पनि उपलब्ध गराउने जानकारी दिइएको छ।

क्याम्पेन अवधिभर डेबिट कार्ड मार्फत आफ्नो अर्डरको लागि अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले रू. १ हजार ५ सय सम्म १५% छुटको मजा लिन सक्नेछन्। साथै, क्रेडिट कार्ड प्रयोग गर्नेहरूले रु २ हजार सम्म २० प्रतिशत सम्मको छुटबाट लाभ उठाउन सक्नेछन्।

यो अफर नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक र ज्योति विकास बैंकका कार्डहरूमा मान्य हुनेछ। त्यसैगरी ईसेवा, आईएमई पे वालेट प्रयोगकर्ताहरूले आफ्नो अर्डरमा १५% छुट सुविधा पाउनेछन्।

खरिदकर्ताहरूलाई दराज भाउचरहरू प्रयोग गरी कुल रु. २ करोड सम्मको छुट पाउन सकिने सुविधाका साथै आफ्ना खरिदमा फ्ल्याट रु. १० हजार छुट प्राप्त गर्ने अवसर समेत उपलब्ध गरिनेछ।

पछिल्ला संस्करणको लोकप्रियतालाई दृष्टिगत गर्दै, दशैं धमाकाले न्यूनतम रु. ४ सय ९९ खर्च गर्दा छानिएका बिक्रेताहरू मार्फत चुनिएका उत्पादनहरूमा घरदैलो सम्म निःशुल्क होम डेलिभरीको सुविधापनि प्रदान गर्ने जानकारी दिइएको छ। “फ्री डेलिभरी“ सुविधाको उपभोग गर्न दराज एपको होमपेजमा रहेको “फ्री डेलिभरी“ ब्यानरमा क्लिक गर्नुपर्ने हुन्छ।

दशैं धमाका क्याम्पेनको मुल उद्देश्य छुट र बचत मात्र नभइ एक बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्नु रहेको कम्पनीको भनाइ छ। दराज नेपालले सबैलाई दशैं उत्सवमा सहभागी हुन र यी अभुतपूर्व प्रस्तावहरूको अधिकतम लाभ लिन आमन्त्रित गरेको छ।

सन् २०१५ मा स्थापित, दक्षिण एसियाकै अग्रणी ई-कमर्स प्ल्याटफर्म “दराज”, नेपाल लगायत पाकिस्तान, बंगलादेश, श्रीलंका र म्यानमारमा पनि सञ्चालनमा रहेको छ। ५ सय मिलियन जनसंख्या सहित द्रुत गतिमा बढ्दो क्षेत्रलाई लक्षित गर्दै यसले विक्रेता तथा उपभोक्ताहरूलाई अत्याधुनिक मार्केटप्लेस टेक्नोलोजी प्रदान गर्दछ। ई-कमर्स, उत्पादनको ढुवानी, भुक्तानी र वित्तीय सेवाहरू समेट्ने एकीकृत पूर्वाधार निर्माण गरेर, कम्पनीले अदृतीय, व्यक्तिगत किनमेल अनुभव प्रदान गर्ने र वाणिज्यको शक्ति मार्फत दक्षिण एसियाली समुदायहरूलाई नै समृद्धिपथमा लैजाने लक्ष्य बोकेको छ।

प्रकाशित: २०८१ असोज ११ गते शुक्रबार ०२:२८
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना