काठमाडौँ- सर्वोच्च अदालतको न्यायधीशमा उच्च अदालतका दुई जना न्यायाधीश सिफारिस भएका छन्।
न्याय परिषद्ले पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मख्य न्यायाधीश नित्यानन्द पाण्डेलाइ सिफारिस गरेको हो।
सर्वोच्च अदालतमा हाल ४ जना न्यायाधीश दरबन्दी रिक्त छ । अर्को साता प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पनि अवकाश पाउँदैछन्।
निरौला २०७७ माघ १२ गते मुख्य न्यायाधीश नियुक्त भएका थिए। पाण्डे गत मंसिर ६ गते मुख्य न्यायाधीश नियुक्त भएका हुन्।
मुख्य न्यायाधीशको वरीयतामा छैटौँ नम्बरमा रहेका पाण्डे सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका हुन्। उनी २०७० सालमा न्याय सेवामा प्रवेश गरेका थिए।


