बागमती- अविरल वर्षाका कारण कुलेखानी प्रथम जलविद्युत् केन्द्रको बाँध भरिने अवस्थामा पुगेकाले उच्च सतर्कता अपनाउन नेपाल विद्युत प्राधिकरणले आग्रह गरेको छ।
कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले कुलेखानी ड्याम भरिने भएकाले खोल्नु पर्ने भएको उल्लेख गरेका छन्।
ड्याम खोल्दा बागमती नदीको जलसतह बढ्ने भएकाले सचेतता अपनाउन प्राधिकरणको भनाइ छ।
कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनारका बस्तीमा एक्कासि बाढी आउन सक्ने भट्टको भनाइ छ।
ड्याम भरिएपछि मकवानपुर प्रशासनले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मी एवं स्वयंसेवकलाई ‘हाइ एलर्ट’मा रहन निर्देशन छ।



