झापा– अबिरल वर्षाका कारण आएको बाढीले बगाएर झापामा दुई जना बेपत्ता भएका छन्। शुक्रबार बाढीले कमल गाउँपालिका र कचनकवल गाउँपालिकामा एक–एक जना, एउटा पुल र एउटा मोटरसाइकल समेत बगाएको छ।
बेपत्ता हुनेमा १४ वर्षीया नेहारिका राजवंशी र कमल गाउँपालिका– १ का ३५ वर्षीय टिकाराम चौधरी रहेका छन्। टिकाराम भने माछा मार्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ।
त्यसैगरी मोटरसाइकल बगाउँदा चालक २७ वर्षीय रबिन भट्टराई भने जोगिन सफल भएका छन्। कचनकवल– २ मा अमरखुट्टा खोला तर्ने क्रममा प्र।१–०२–०५प ६९७८ नम्बरको मोटरसाइकल खोलाले बगाएको हो। चालक भट्टराईको अवस्था सामान्य छ।


